नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त

Kandara News
प्रकाशित : २०७७ पुष २ गते २०:०८

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले विभिन्न व्यक्तिले दिएको आवेदनबाट प्रुमख प्रशिक्षकमा वाटमोरलाई छानेको हो ।

वाटमोरले आगामी जनावरी १ देखि लागू हुने गरी नेपाली टिम सम्हाल्नेछन्।

क्यानले नेपाली टिमको प्रशिक्षकका लागि गत कात्तिक अन्तिम साता एक दर्जन प्रशिक्षकको अन्तर्वार्ता लिएको थियो।
जसमा वाटमोरसहित पूर्व प्रशिक्षक पुबुदु दसानायके, भारतका अपूर्व देसाइ लगायतले अन्तर्वार्ता दिएका थिए।

श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन्।

६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ ।


प्रकाशित : २०७७ पुष २ गते २०:०८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology