शिक्षक झा लाई पूर्वखोला बाट विदाइ

Kandara News
प्रकाशित : २०७७ पुष ३ गते १९:३९

पौष ३ तिर्थ सारु वीरकोट गणपति माध्यमिक विद्यालय पूर्वखोला -५ वीरकोटमा शिक्षण पेशामा आबद्ध शिक्षक शैलेन्द्र कुमार झा लाई विद्यालयले सम्मान गर्दै विदाइ गरेको छ ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउपालिका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुन बहादुर थापाले शैलेन्द्र कुमार झाले १७ बर्ष यस विद्यालयमा शिक्षक पेशामा आबद्ध रहेर शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै शिक्षक झालाइ धन्यवाद दिनुभयो ।थापाले बोल्दै शिक्षक झाले गरेको राम्रो काम को सबैले अनुकरण गर्नु पर्ने बताउनु भयो ।
शिक्षक झाको स्थायी घर बलरा,३ सर्लाही प्रदेश न २ हो । उहाँ त्यही घर पाई मिलायर सरुवा भएर जाने हुनु भएको हो । बिद्यार्थी , शिक्षक, बि.ब्य.स.का पदाधिकरी बाट टिका, माला, खादा र सम्मान पत्रबाट सम्मान सहित विधाइ गर्दै उहाँको आगामी आफ्नो स्थानिय तहमा जान लागेकोमा शुभकामना दिएका थिए , कार्यक्रम विद्यालय का साहेक प्र अ प्रेम बहादुर बारघरेको संचालन र विद्यालय प्रधानाध्यापक बिस्णु कुमार पल्लीको अध्यक्षतामा भएको थियो ।


प्रकाशित : २०७७ पुष ३ गते १९:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology