प्रधानमन्त्री के.पी शर्मा वलीले संसद विघटन गरेपछी – प्रचण्ड को प्रेस विज्ञप्ति

Kandara News
प्रकाशित : २०७७ पुष ६ गते १६:२२

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले हस्ताक्षण सहितको प्रेस वक्तव्य सार्वजनिक गरेको छ ।
नेपाल प्रेस वक्तव्य निकालेको छ पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक , अलोकतान्त्रिक , निरंकुश , पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भर्त्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको बिषय सार्वजनिक भइसकेको जानकारी गराउदै पार्टीका सम्पूर्ण नेता , कार्यकर्ता , पार्टी पङ्क्ति र आम – जनसमुदायलाई के तथ्य स्पष्ट पार्न भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी , राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन । नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो । राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु । भन्ने सहितको नेकपाका कार्यकारी अध्यक्षले हस्ताक्षर गरेको प्रेस वक्तव्य सार्वजनिक गरेको छ ।


प्रकाशित : २०७७ पुष ६ गते १६:२२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology