माथागढी गाउँपालीकाले ४१ ओटा विद्यालयमा सेनेटरी प्याड वितरण गर्यो

माया बस्याल
प्रकाशित : २०७७ पुष ६ गते २०:५६

६ पुस ,
माथागढि गाउँपालिले पालिका भित्रका ४१ वटा सामुदायिक विधालयका किशोरीहरुलाई सेनेटरि प्याड बितरण गरेकाे छ ।
वितरण कार्यक्रममा कार्यक्रम संयाेजक तथा पालिका उपाध्यक्ष निर्मला भट्टराईले कार्यक्रममा बाेल्दै किशोरी तथा बालिकाको हकमा हुने रजस्वला का कारण धेरै छात्राहरु स्कुल अाउन नसक्ने तथा स्कुल अाए पनि यस्तो समस्या का कारण अध्ययन अध्यापनमा समस्या देखिने तथा धेरै छात्राहरुले अाफ्नाे अध्ययन लाई निरन्तरता दिन समेत समस्या हुने गरेको अवस्थालाई मध्यनजर गरि यो कार्यक्रम सुरु गरिएको , छात्राहरु अार्थिक समस्याका कारण प्याड प्रयोग गर्न नसक्ने र राेगकाे समेत सिकार हुने गरेको हुदा यस्तो कदम चालिएको हाे यसमा धेरै किशोरीहरु खुशी छन् । यसलाई पालिकाले सधैं निरन्तरता दिने र याे कार्यक्रमलाई पहिलो प्राथमिकता राख्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

वितरण कार्यक्रममा अाफ्ना खुशी का पल सुनाउछिन् अध्ययनरत छात्रा गिता गाहा पहिला हामीलाई प्याडकाे व्यवस्था नहुदा पढ्दापढ्दै स्कुल छाडेर जानू पर्थ्याे निकै समस्या थियो अहिले पालिकाले स्कुललाई याे सामग्री दिन्छ हामी अावश्यकता अनुसार मेडम संग मागेर लिन्छौं , यसले हामीलाई निकै सहयोग पुगेको छ पालिकाकाे मेडमलाई धन्यवाद ।

कार्यक्रम बाेल्दै विद्यालय शिक्षिका सरस्वती अधिकारी भन्नुहुन्छ हामी महिलाहरु महिनामा एकपटक यस्तो रजस्वला जस्तो समस्या बाट गुजरिनु पर्ने तर कतिबेला हुन्छ भन्ने थाहा नहुने अवस्थामा पालिकाले सेनेटरी प्याडकाे व्यवस्थापन गर्दा किशोरीलाई मात्रै नभई हामी शिक्षिका लाई समेत सहयोग पुगेको छ यस्ता कार्यक्रम ल्याएकाेमा पालिकालाई विशेष धन्यवाद समेत दिनु भएको छ ।
सेवा प्रदायक र सेवा ग्राही दुबै नै यस कार्यक्रम बाट निकै प्रभावित भएको बताउछन् सहभागीहरु


प्रकाशित : २०७७ पुष ६ गते २०:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology