नेविसंघले बर्दघाटमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलायो

रबिन शर्मा चापागाईं
प्रकाशित : २०७७ पुष ७ गते ०:२७
नवलपरासी पुस ६                                            पश्चिम नवलपरासीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाईएको छ । ओलीले संसद विघटन गरेको विरोधमा नेपाल विद्यार्थी  संघले केपी ओली विरुद्ध नाराबाजी गर्दै जिल्लाको बर्दघाट बजारमा राजमार्ग अवरुद्ध गरेर पुत्ला जलाएका हुन् ।                                विरोध प्रदर्शनमा उत्रीएका युवाहरुले पश्चिम नवलपरासीको बर्दघाट बजार र भुमही बजारमा पुर्वपश्चिम राजमार्गनै अवरुद्ध गरेका थिए ।                                     विरोध सभामा नेपाल विद्यार्थी संघ नवलपरासी पश्चिमका जिल्ला सभापति ददि पौडेल, नेवीसंघका अर्का नेता किशोर गैरे लगायतले केपी वलीले असंवैधानीक कदम चालेर संसद विघटन गरेकोमा आफुहरुलाई मान्य नहुने भन्दै संसद विघटन फिर्ता नलिए सम्म सडक आन्दोलनलाई जारी राख्ने बताएका थिए । उनीहरुले वलीलाई अव प्रधानमन्त्री भनेर सम्बोधन गर्नु पनि लाज मर्दो हुने बताएका थिए ।                                 समाजवादको सपना देखाएर जनतालाई भ्रममा पारी झण्डै दुईतिहायी बुहुमत सहितको जनमत प्राप्त गरे पनि नेतृत्वको आन्तरिक विवाद र भाग वण्डा नमिलेका कारण जनमतको अपमान हुनेगरी संसद विघटन गर्नुले नक्कली कम्युनिष्ट भएको प्रमाणित भएको उनीहरुको दावी रहेको थियो ।


प्रकाशित : २०७७ पुष ७ गते ०:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology