नवलपरासी बर्दघाटमा बिद्यालयको ५ कोठे पक्की ब्यबसायीक सटर भवनको उद्घाटन

रविन शर्मा चापागाईं
प्रकाशित : २०७७ पुष ८ गते १८:०२

नवलपरासी पुस ८
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको नित्यानन्द रत्नकु्मारी माद्यामिक विद्यालयमा निर्माण भएको ५ कोठे पक्की ब्यबसायीक सटर भवनको उद्घाटन भएको छ । भवनको एक कार्यक्रमका विच नगर प्रमुख धिरज शर्मा बस्यालले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले नि.र.कु. मावीले विगतको तुलमा शैक्षिक तथा भौतिक रुपमा सुधार गर्दै गैरहेको भन्दै खुसी ब्यक्त गर्नुभएको थियो । बस्यालले भौतिक विकास संगै शैक्षिक गुणस्तरमा पनि जोड दिदै नमुना विद्यालयको रुपमा अगाडि बढ्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । विद्यालयको नियमित आम्दानीको श्रोत ब्यबस्थापनमा सटरले ठुलो सहयोग पुग्ने भएकोले दिगो आम्दानीको श्रोत जुटेको बताउनुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा नगर उपप्रमुख मायादेवी पौडेल, प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्य, वडा नम्बर १२ का वडा अध्यक्ष मान बहादुर मल्ल र वडा नम्बर १३ का अध्यक्ष नर बहादुर चौधरी रहनुभएको थियो । कार्यक्रममा विद्यालयका संरक्षक तथा सल्लाहकार मनोज कुमार कार्की, सल्लाहकार दिप प्रकाश लोहनी, वडा नम्बर १२ का वडा सदस्य गजेन्द्र बहादुर गिरी, शिक्षक अभिभावक संघका अध्यक्ष महेन्द्र काफ्ले लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेद बहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

विद्यालयमा यो ५ कोठे पक्की सटर भवन निर्माण सम्पन्न भए संगै सटरको संख्या ३१ पुगेको छ । विद्यालयले सटर भाडामा दिनका लागि ब्यबसायीबाट आवेदन माग गरेकोमा सोहि अनुसार सवै सटर भाडामा गैसकेको विद्यालयका लेखापाल कृष्ण प्रसाद भुसालले जानकारी दिनुभएको छ ।


प्रकाशित : २०७७ पुष ८ गते १८:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology