सामाजिक स्रोत विकास केन्द्र नेपालको २८ औं साधारण सभा सम्पन्न

माया बस्याल
प्रकाशित : २०७७ पुष ११ गते २२:१६

पुस ११ ,
सामाजिक स्राेत विकास केन्द्र नेपाल पाल्पाकाे २८ अाैं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
२०७६/०७७ काे बार्षिक साधारणसभा का अवसरमा संस्थाका काेषाध्यक्ष सरिता श्रेष्ठले १ कराेड ४१ लाख १हजार ६ सय ५३ . ७९ बराबरको अार्थिक काराेबार सहित काे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

२८अाैं साधारण सभाका अवसरमा कार्यकारी निर्देशक चाेपलाल गिरीले स्थानीय स्तरमा गई काम सञ्चालन गरेको २८ बर्ष पुगेछ स्थानीय स्तरमा स्थानीय सरकार संगकाे सहकार्यमा निरन्तर रुपमा कृषि , शिक्षा ,महिला अधिकार र सुरक्षित समुदाय जस्ता विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै अाएकाे र त्यस्ता कार्यक्रम सञ्चालन पछि धेरै मानिसहरु सुचना तथा न्यायकाे पहुँचमा पुगेको र वकालत गर्ने ठाउँमा पुगेको हालमा नगर पालिका तथा गाउँपालिकाका गरेर ७ वटा वडामा कार्यक्रम विस्तार गरिएकोमा स्थानीय सरकारकाे अरु वडामा पनि सेवा विस्तार गर्नुपर्ने अाग्रह रहेको हुनाले सेवालाई विस्तारै विस्तार गरि अरु वडामा पनि लैजाने पहल चालिएको समेत जानकारी गराउनु भएको छ ।

कार्यक्रमका अवसरमा संस्थाका वाेर्ड सदस्य तथा माथागढी गाउँ पालिका सदस्य तारा रसाइलीले संस्थाले समुदायमा निकै प्रभावकारी काम गरेको समुदायमा विपन्न पिछडिएका समुदायको वकालत गर्दा प्रतिनिधित्व क्षेत्रमा पुगेका र धेरै महिलाहरु पनि प्रतिनिधित्व क्षेत्रमा समेत अगुवा पदमा पुगि सेवाको पहुँचमा पुर्याउन सहयोग गरेको मा संस्थालाई धेरै धेरै धन्यवाद दिनु भएको छ ।साथै संस्थाले अझै नयाँ नयाँ कार्यक्रम ल्यावस् भन्ने अाग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व कर्मचारी केशव बस्याल,मध्य क्षेत्र क्षेत्रिय समिति अध्यक्ष हरि कुमालले संस्थाले सहयोग गरेको अार्थिक बजेट बाट घुम्ती काेष सञ्चालन गरि व्यवसायीक रुपमा पशुपालन गरि अार्थिक पाटाे सफल भएको छ त्यसले महिलालाई मात्रै नभई पुरुषलाई पनि धेरै राहात मिलेको काे संस्थालाई विशेष धन्यवाद दिनु भएको छ ।

कार्यक्रमका अवसरमा पूर्व विद्यार्थी अतिथिहरुलाई मायाको चिनाेले सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका बाेर्ड सचिव राजेश श्रेष्ठ सञ्चालन तथा संस्थाका अध्यक्ष कृष्णबहादुर सारुकाे अध्यक्षता सम्पन्न भएको थियोे ।


प्रकाशित : २०७७ पुष ११ गते २२:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology