कृषि कार्यमा रम्दै पूर्वखोलाका २१ बर्षे युवा

माधव पाण्डे
प्रकाशित : २०७७ पुष १२ गते ११:०३

गरे नहुने केछ र ? मानिसहरू पैसाको लागि विभिन्न क्षेत्र देश विदेशमा परिश्रम गरिरहेका छन् । कतिपय अवस्थामा काम र ठाउ नचिन्दा धेरै दुख भोग्नुपर्ने अवस्था छ । विदेशको मरूभुमिमा विभिन्न आरोह अवरोह पार गर्दै काम गरि अर्थोपार्जन गरि जिविका गुजारा गर्नुपर्ने अवस्था छ । आफ्नै जन्मभुमि लाई नै कर्मथलो बनाएर एउटा अनुपम उदाहरणिय काम गरेका पूर्वखोला गा•पा.-२ जल्पा साकिने निवासी ग्रीष्म रानाले कागती र सुन्तलाको बिरूवा उत्पादन गरेका छन ।
हेर्दा कलकलाउदो लाउला खाउला भन्ने उमेरमा कृषि कार्य भन्ने कुरा एक हिसाबले हाम्रो समाजको लागि चुनौति नै हो । भर्खर २१ वर्ष पार गरि २२ मा लागेका ग्रिष्म रानाले २ लाखको लगानीमा स्थाई ट्रस्ट निर्माण गरि कागति र सुन्तलाका बिरूवा उत्पादन शुरू गरिएको अहिले करिब १५ हजार बिरूवा तयारी अवस्थामा रहेको बताउनु भयो । हाल करिव ७ लाखको लगानिमा ट्रष्ट निर्माण गर्न लागिएको र त्यसबाट करिब ५०/६० हजार सुन्तला र कागतीका बिरूवा उत्पादन गरिने लक्ष्य रहेको राना ले बताउनु भयो । यस्तो काम गर्दा चुनौती ? केहि भन्दा चुनौती धेरै छन् मानिसहरू धेरै किसिमका हुने रहेछन कोहिले राम्रो काम गर्न लागेकोमा हौसला दिनुहुन्छ कसैले यस्तो उमेरमा लाहुरे हुनुपर्ने कृषि कार्य त बुढेसकालमा पो गर्ने भन्नुहुन्छ भन्नेले जे भनेपनि म आफ्नो काम लाई निरन्तरता गर्नेछु ।


प्रकाशित : २०७७ पुष १२ गते ११:०३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology