नेपाली काँग्रेसले देशै भरी प्रदर्शन

Kandara News
प्रकाशित : २०७७ पुष १३ गते २२:४३
  1. नेपाली काँग्रेस पाल्पाले सरकारले गरेको संसद विघटनको विरुद्धमा तानसेनमा विरोध प्रदर्शन गरेको छ । देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसले प्रदर्शन गरेको हो । तानसेनको टुडिखेलबाट सुरु भएको र्याली तानसेनमा मुख्य चोक तथा गल्ली हुदै हुलाक चोकमा गएर कोण सभामा परिणत भएको थियो । काँग्रेस पाल्पा बिभिन्न नाराबाजी सहित बिरोधमा उत्रिएको हो । नेपाली काँग्रेसले पाल्पाको रामपुरमा पनि विरोध र्याली गरेको थियो । बिरोधसभा कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापती वीर बहादुर राना, जिल्ला सचिव झपेन्द्र गह्रे अर्का सचिव अजयमान कर्माचार्य, कांग्रेस नेता माधव नेपाल, नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्त, तरुण दलका जिल्ला सभापति मेजरसिंह केसी, नेवि संघका कार्यबहाक सभापति सुरेश बोहोरा, लालकुमारी रानालगायतले मनतव्य राख्नुभएको थियो । कार्यक्रम नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामबहादुर कार्कीको सभापतित्व र सचिव यादवसिंह कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : २०७७ पुष १३ गते २२:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology