सरोकारवालाहरु संग समिक्षा बैठक सम्पन्न

गेहेन्द्र प्रसाद पौडेल
प्रकाशित : २०७७ पुष १७ गते २१:३८

सरोकारवालाहरुसंग समीक्षा बैठक सम्पन्न
पुस १६
पाल्पा÷ साक्षरता कार्यक्रम जिल्लाका सबै सामुदायिक विद्यालयमा लागु हुनु पर्ने जिल्ला समन्वय समिति पाल्पाका कार्यबाहक सभापति मीरा मरासिनीले बताउनुभयो । साक्षरता कार्यक्रम लागु नभएका विद्यालयका विद्यार्थीहरुको सिकाई उपलब्धी भन्दा साक्षरता कार्यक्रम लागु भएका विद्यालयको सिकाई उपलब्धि बढी भएकाले स्थानीय तह, जिल्ला स्थित सरोकारवालाहरुसंग सहकार्य गरी कार्यक्रम जिल्लाका सबै सामुदायिक विद्यालयमा लागु गर्नुपर्ने बताउनु भएको हो । बेस नेपालले आयोजना गरेको स्थानीय तथा जिल्लाका सरोकारवालाहरुसंगको साक्षरता कार्यक्रमको अनलाइन बार्षिक समीक्षा बैठकमा बोल्दै सभापति मरासिनीले उक्त कुरा बताउन ुभएको हो ।
बार्षिक समीक्षा कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका उपमेयर लक्ष्मीदेवी पाठकले कार्यक्रमले विद्यार्थीहरुको सिकाईमा राम्रो प्रभाव पारेको देखिएकाले साक्षरता कार्यक्रम तानसेन नगर भित्रका सामुदायिक विद्यालयमा लागु गर्न आफुहरु इच्छुक रहेको त्यसका लागि रुम टु रिड संग सहकार्यका गर्नुपर्ने बताउनुभयो । त्यस्तै गरी शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख रमेशराज पौडेले साक्षरता कार्यक्रमबाट तालिम प्राप्त शिक्षकहरुले तालिममा सिकेका सीपलाई कक्षा कोठामा प्रयोग गरेको बताउदै सिकाई गुणस्तरीय भएको बताउनु भयो । विद्यार्थीहरुको सिकाईमा राम्रो नतिजा ल्याएर जिल्लामै प्रशंसनीय कार्य गरेकाले रुम टु रिड नेपाल र बेस नेपाललाई धन्यवाद समेत दिनुभयो । समीक्षा कार्यक्रममा रुम टु रिड नेपालका साक्षरता निर्देशक नेत्रप्रसाद दाहालले स्थानीय तह संग सहकार्य गर्न रुम टु रिडले चाहेको बताउनुभयो । साथै निर्देशक दाहालले रुम टु रिडले अहिलेसम्म ल्याएको शैक्षिक उपलब्धि कम हुन नहुने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा रुम टु रिड नेपालका कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले साक्षरता कार्यक्रमका उपलब्धी र आगामी योजना र अपेक्षाका विषयमा जानकारी गर्नुभएको थियो । बार्षिक समीक्षा बैठकमा ८ वटा गाउपालिका र २ वटा नगरपालिकाका प्रमुख तथा प्रतिनीधि साथै शिक्षा शाखा प्रमुखहरु जिल्लाका सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रम बेस नेपालका सचिव तुल्सीराम गौतमको अध्यक्षता र साक्षरता कार्यक्रम संयोजक प्रकाश पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ पुष १७ गते २१:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology