हितैषी बचत तथा ऋण सहकारीको बाह्रौं साधारणसभा सम्पन्न

सिमा श्रेष्ठ
प्रकाशित : २०७७ पुष १८ गते १८:३४

पाल्पा,वीरकोट
पौष १८
हितैषी बचत तथा ऋण सहकारी संस्थाको बाह्रौ साधारणसभा आज वीरकोटमा सम्पन्न भएको छ ।
पुर्बखोला गा.पा.-५,वीरकोटको वडा भवनमा सम्पन्न सभाका मुख्य पाहुना वडा सदस्य याम बहादुर सारुले संस्थाले सबैसंग सहकार्य गरेर मात्रै भावि दिनहरुमा दिगोरुपमा अगाडि लैजान सकिने बताउनुभयो। सभाले शेयर बिस्तारका लागि बचत तर्फ शिव श्रेष्ठ,सेवा-सुविधा व्यवस्थापन तर्फ सेवादेबी जर्घा र ऋण तर्फ मन बहादुर गाहा लाई जिम्मेवारी दिने निर्णय गरेको छ । सभाले संस्था मार्फत कृषकहरुलाई सहुलियत मुल्यमा रासायनिक मल वितरण गरी सेवा दिने निर्णय पनि गरेको छ। संस्थाका सदस्य उत्तर कुमार सिंजालीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा चलेको थियो । तिर्थ बहादुर सारुको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य पार्बती हिताङ्ग,संस्थाका पुर्व अध्यक्ष जयराम श्रेष्ठ , लेखा समिति संयोजक यम प्रसाद श्रेष्ठ,मुक्त बहादुर थापा , रुमी दिसुवा, हिम कुमारी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।


प्रकाशित : २०७७ पुष १८ गते १८:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology