पूर्वखोला -२ जल्पामा स्मार्ट कृषि गाउँ अन्तर्गत बाख्रा पालन कार्यक्रमको शुभारम्भ

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ पुष २३ गते २२:२०

मैदान स्मार्ट कृषि गाउँ बन्ने भएको छ । प्रदेश सरकार र गाउँपालिकाको समन्वयमा ५ बर्षे कार्यक्रम अन्तर्गत पूर्वखोला गाउँपालिका -२ जल्पा मैदानमा बाख्रा पालन कार्यक्रम शुभारम्भ भएको हो । जम्मा ५० घर धुरीले बाख्रा पालन सम्बन्धी कार्यविधी अनरुप काम हुने छ । जल्पामा स्मार्ट कृषि गाउँ बाख्रा पालन शुभराम्भ कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशसभा संसद नारायण प्रसाद आचार्यले जल्पामा बाख्राचरनको पप्रयाप्त जग्गा तथा बाख्रा पालनको लागि अनुकुल हावापानी रहेको र कृषि क्षेत्रलाइ व्यवसायीक तवरले जल्पाको मैदानलाइ अगाडि बढाउने साथै यहाको स्थानिय र स्थानिय जनप्रतिनिधिहरुको छलफलमा बाख्रा कार्यक्रम अघि सारेको उहाले बताउनु भयो । कार्यक्रममा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा जल्पाको मैदानलाइ बाख्रा स्मार्ट कृषि गाउँकाे रुपमा अघि सारेको र पालिकाले कृषि सम्बन्धी थुप्रै क्षेत्र हरूमा काम गरेको बताउनु भयो । कार्यक्रममा पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरुले स्मार्ट कृर्षि कार्यकम बाट यस क्षेत्रको किसानहरुले प्रत्येक्ष फाइदा लिन सक्ने बताउनु भयो । वडा अध्यक्ष नीर बहादुर सारुले धेरै प्रकारका चौपाय पालेर भन्दा एउटै किसमको चौपाय ( बाख्रा पाल्दा ) बाख्राको राम्रो संग हेरचाह हुने तथा बाख्रा बाट आम्दानिको स्रोत छिटै बढाउन सजिलो हुने बताउनु भयो । कार्यक्रमा मेहेर सिङ थापा , लोक राना लगायतले आफ्नो भनाइ राख्नु भएको थियो । कृषी कार्यक्रमले जनताको जीवन स्तर उकास्ने मात्र हैन व्यवसायिक आत्मनिर्भर तर्फ उनमुख हुने देखिन्छ । यो कार्यक्रम प्रदेश सरकारको पहिलो बर्ष ८० प्रतिशत र २० प्रतिशतको दोस्रो बर्ष ७० प्रतिशत र ३० का दरले हुने छ । पहिलो बर्ष प्रदेश सरकारको ५० लाख र गाउपालिकाको १० लाख बराबरको कार्य हुने छ ।
शुभारम्भ कार्यक्रम स्मार्ट कृषि कार्यक्रमका अध्यक्ष खेम बहादुर घर्तिको अध्यक्षतामा मोहन रखालको संचालनमा भएको थियो ।


प्रकाशित : २०७७ पुष २३ गते २२:२०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology