पाल्पा क्षेत्र न १ क नेपाली काँग्रेसले पूर्वखोलाको सिलुवामा विरोध सभा गर्यो

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ पुष २६ गते ०:१७

नेपाल सरकारले गरेको संसद विघटनलाई लिएर नेपाली काङ्ग्रेसले अाज दैशैभरी ३३० निर्वाचन क्षेत्रमा सरकारको कदमको विरोध कार्यक्रम सम्पन्न गरेको छ । अहिलेको प्र .म . केपि शर्मा अोलि को संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै पाल्पा क्षेत्र नं १ (क) निर्वाचन क्षेत्र अन्तरगत पर्ने पूर्वखोला गापालिका १ सिलुवाको दार्सिङभञ्याङमा विरोध कार्यक्रम सम्पन्न भएको छ । विरोध कार्यक्रमका प्रमुख अतिथि देवराज ढकालले अहिले यो सरकारले जनताको मतको अपमान गर्दै संसद विघटन गरेका छन् अब चुनाब होला भोट माग्न आउदा तिनिहरूलाई प्रश्न गर्नुस दुई तिहाई मत दिएर स्थाई सरकार हुदा केहि नभएको अब के का लागि तपाईहरूलाई मत दिने ? जन्तालाई प्रश्न गर्न भन्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले अहिलेको संविधानमा संविधान विघटन गर्न प्रधानमन्त्रीलाई कुनै पनि अधिकार नभएको ,आफ्नो पार्टीभित्रको झगडाको कारणले देशले नै अप्ठ्यारो परिस्थिति भोग्नु परेको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका उपाध्यक्ष विष्णु देवि घिमिरे मगर संग केन्दिय सभापती ज्ञान ब गाहा,
नेपाली काँग्रेस जिल्ला सद्स्य झमान राज , नेपाली काँग्रेस जिल्ला सद्स्य कृष्ण अधिकारि लगायतले आ आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा २४ जनालाइ नेपाली काँग्रेसमा प्रबेश भएका थिए
कार्यक्रम संचालन क्षेत्रिय सचिव अर्जुन रेग्मिले संचालनमा क्षेत्र न १ क का सभापती सुर्य पोखरेल को अध्यक्षतमा भएको थियो


प्रकाशित : २०७७ पुष २६ गते ०:१७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology