बालचेतना बालमञ्चद्वारा विद्यालयहरुलाई साउण्डबक्स वितरण

भुवन सिंजाली
प्रकाशित : २०७७ पुष २६ गते ८:५४

देवीनगर,पाल्पा

२५ पौष

पुर्वखाेला गाउँपालिका वडा नम्बर ४,देविनगरमा रहेको बाल चेतना बाल मन्चले विद्यालयहरुलाई साउण्ड बक्स वितरण गरेको छ। लक्षित वर्ग कार्यक्रम अन्तर्गत देवीनगर वडाले बालबालिकाहरुका लागि छुट्टयाइएको १ लाख ३० हजार बजेटबाट देविनगर वडा भित्र रहेका ९ वटा विद्यालयहरुलाई साउण्ड बक्स वितरण गरेको हाे। विद्यालयहरुमा साउण्ड बक्स नहुँदा विभिन्न कार्यक्रमहरु सन्चालन गर्न असजिलो हुनुका साथै विद्यार्थीहरुमा भएका प्रतिभा देखाउन नपाइने तथा विद्यार्थीलाई माइकमा बाेल्ने बानीकाे विकास गर्ने उद्देश्यले साउण्ड बक्स वितरण गरेको हाे।साउण्ड बक्स वितरण कार्यक्रमका प्रमुख अतिथि देविनगर वडाका अध्यक्ष रिम प्रसाद श्रेष्ठले विद्यालयहरुलाई आवश्यक सामाग्रीहरु उपलब्ध गराइसकेपछि विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप,खेलकुद लगायतका जुनसुकै कार्यक्रम गर्न सजिलो हुने एवं विद्यार्थीहरुमा भएका ज्ञान सिपकाे पनि विकास हुँदै शिक्षामा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । प्राप्त सामाग्रीहरुकाे सहि तरिकाले प्रयोग गर्नुका साथै संरक्षण गर्नु पर्ने पनि वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रममा मातृ भुमि मा.वि.का प्र.अ.मेहरमान थापाले साउण्ड बक्स उपलब्ध गराउने बाल मन्चलाइ धन्यवाद दिँदै यसकाे सहि तरिकाले सदुपयोग गर्ने बताउनु भयो । देविनगर वडासदस्य भुवन सिङ्जालीले साउण्ड बक्स कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रम बाल चेतना बाल मन्चका सहसचिव रुद्र चिदीकाे सन्चालन र बाल मन्चका अध्यक्ष प्रतीक्षा कार्कीको अध्यक्षतामा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७७ पुष २६ गते ८:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology