रम्भाले पालिका भरिका प्रधानाध्यापक हरूलाई पहिलो चरणको कम्प्युटर तालिम सम्पन्न गर्यो ।

सुरेश देवकोटा
प्रकाशित : २०७७ पुष २६ गते १८:५०

रम्भा गाँउपालिका भित्रका प्रधानाध्यापक तथा शिक्षकहरूकाे पहिलाे चरण काे आधारभुत कम्प्युटर तालिम ताहुमा सम्पन्न भएकाे छ । रम्भा गाउपालिका भित्रका ४१ वटा विद्यालय का प्रधानाध्यापक तथा शिक्षक हरू मध्ये पहिलाे चरणमा १९ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू लाई रम्भा माध्यामिक विद्यालय ताहु मा यहि मिति २०७७ साल पाैष २० गते देखि पाैष २५ गते सम्म तालिम सञ्चालन भएकाे हाे । तालिम समापन कार्यक्रम रम्भा गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल काे अध्यक्षता चलेको कार्यक्रमको प्रमुख अतिथि राधादेवी श्रेष्ठ कार्यक्रममा बोल्दै अहिलेकाे सुचना तथा प्रविधि काे समयमा विद्यालयहरू लाई प्रविधि मैत्री बनाउन साथै अब गरिने काम हरू कम्प्युटर काे प्रयाेग बाट गर्नकाे लागि सहयाेग पुर्याउने उदेश्य ले याे तालिम आयाेजना गरिएकाे जानकारि गराउनु भयाे । श्रेस्ठले शैक्षिक क्षेत्रमा आईसिटिको प्रयोगबाट शैक्षिक गुणस्तर हुने जनाउनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ढकाल ले पहिले हस्तलिखित चिठिपत्र लिई १ दिन भरि लगाएर गाउपालिका जानू पर्ने बाध्यता लाई समाधान गर्न याे कार्यक्रमले सहयाेग पुगेकाे बताउनु भयाे ।
कार्यक्रममा प्रशिक्षार्थिकाे तर्फबाट बाेल्दै सुर्याेदय प्रा वि का प्रधानाध्यापक वसन्त कार्कि ले आजकाे प्रविधिकाे समयमा यस्ता तालिमले प्रधानाध्यापक हरूलाई निकै फाईदाजनक रहेकाे धेरैकाम हरू सजिलै संग गर्न सकिने साथै यहाँ सिकेका कुराहरू लाई दैनिक प्रयाेग गर्ने बताउनु भयाे । भावानि प्रा वि का प्र अ भवानि राना ले यस तालिम बाट विद्यालय काे प्रशासनिक काम डिजिटल तरिकाले गर्न सकिने कुरा सिक्न पाउँदा निकै उत्साहपुर्ण तरिकाले सिकेकाे अनुभव बताउनु भयाे । तालिमका प्रशिक्षक रेउत राना हुनुहुन्थ्यो भने कार्यक्रम काे समापन कार्यक्रमको संञ्चालन शिक्षा अधिकृत मिनादेवि आचार्य ले गर्नु भयकाे थियाे ।


प्रकाशित : २०७७ पुष २६ गते १८:५०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology