६० नम्बर ल्याए ड्राइभिङ लाईसेन्स पाईने

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ पुष २९ गते १७:५४

अब ६० नम्बर ल्याए ड्राईभिङ लाईसेन्स पाईने
— सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनको लागि लिखित र प्रयोगात्मक परिक्षा प्रणालीमा लिखित परिक्षामा पास भए पनि प्रयोगात्मक मा धेरै परीक्षार्थी फेल धेरै हुन्छन ।
अब भने सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । यसको तयारी अन्तिम चरणमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
मापदण्डअनुसार यस अघि २५ प्रतिशत मात्र पास हुने गर्थे । ट्रायलमा पनि विभिन्न प्यारामिटर हुने गरि ढाचा निर्णमाण गरेर ६० अंक प्राप्त गरि पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्ट हुने गरि लागू गर्न लागेको बताइएको छ । एउटामा छुस्स छुनेबित्तिकै फेल हुने व्यवस्था छ । ती विभिन्न प्यारामिटरलाई नम्बरिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुन समस्या नहुने गरि नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्बर आयो भने ऊ पास हुने गरि नयाँ अबधारण अघि सारेको छ ।
अहिलेलाई ६० नम्बर ल्याउने पास हुने भनेर मापदण्डमा अनुसार आउने हुदा लाइसेन्समा मौलाएको बिचौलिया प्रवृत्ति कम हुने विभागको दाबी छ । मापदण्डअनुसार जोकोही एकपटक पास नभए पनि अर्को परीक्षा दिँदा पास हुन्छ सक्नेछन यो सेवा सुराम्भ भए संगै नागरिकले सहज रूपमा सेवा पाउन सक्ने छन ।


प्रकाशित : २०७७ पुष २९ गते १७:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology