पूर्वखोलामा नेपाली काँग्रेसको बिरोध प्रर्दशन

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ माघ ३ गते १९:३२

देशव्यापी चरणबद्ध रूपमा विरोध कार्यक्रम संचालन गर्दै आईरहेको काङ्ग्रेस ले आज ७५३ स्थानिय तहमा एकै पटक विरोध प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेस पूर्वखोला गाउँपालिका वडा नं २ खैरेनिमा सम्पन्न गरेको छ । विरोध कार्यक्रम का प्रमुख अतिथि तथा जिल्ला उपसभापति देवराज ढकालले सम्पूर्ण नेपाली एकजुट भएर अहिलेको सरकार को कदमको विरूद्ध अावाज शसक्त रूपमा उठाउन हरेक गाउ गाउ टोल टोल बाट उठ्नुपर्ने बताउनुभयो । सभापती ढकालले के पी शर्मा ओलीले गरेको असंबैधानिक कदमका कारण राज्यले ठूलो क्षति बेहेर्नु परेको बताउनु भयो । कार्यक्रम का विशिष्ट अतिथि महाधिवेशन प्रतिनिधि ज्ञान बहादुर गाहा ले जहिले जहिले देशमा अप्ठ्यारो स्थिति आउछ त्यसको लागि नेपाली काङ्ग्रेस को आवश्यकता पर्दछ भन्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा जिल्ला कमिटी सदस्य अनिरूद्र खनालले स्थानिय स्तरमा नेकपा सरकार भएको ले स्थानियले लोकतन्त्रको अनुभुति समेत गर्न नपाएको , विकास निर्माण कार्यमा अत्यन्तै ढिलासुस्ती भ्रष्टाचार मौलाएको , विकास योजना कार्यकर्तामुखि भएको बताउनुभयो । कार्यक्रममा महिला संघ जिल्ला सदस्य विष्णु आचार्य ,विद्यार्थी विभाग प्रमुख किशोर पंगेनि,महासमिति प्रतिनिधि राम प्रसाद श्रेष्ठ ,तरूण दल सदस नारायण न्यौपाने लगाएतले आफ्नो भनाइ राख्नु भएको थियो ।सभाको अन्य गर्दै कार्यक्रमका सभापती तथा पूर्वखोला नेपाली कांग्रेस सभापती कृष्ण प्रसाद शर्मा पौडेलले अहिलेको यो सरकार रहि रह्योभने देश ठूलो दुर्घटना पर्ने बताउनु भयो । विरोध कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस पाल्पा काठमाडौं सम्पर्क मन्चका सचिव गोपाल रानाले गर्नु भएको थियो ।


प्रकाशित : २०७७ माघ ३ गते १९:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology