पूर्वखोला गाउँपालिका अध्यक्ष थापा ८३ बर्षे बृद्ध संग भलाकुसारी

Kandara News
प्रकाशित : २०७७ माघ ३ गते २०:२८

पूर्बखोला गाउँपालिका १ घर १ धारा कार्यक्रम अन्तर्गत वाम्दि खोला खानेपानी आयोजना को बिस्तृत सर्वे कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वखोला २ को छाप्दी , राक्से , बर्मु दद्रा , पूर्वखोला -३ मन्जिरडा लाई खानेपानी को १ घर १ धारा बनाउने अध्यन भएको छ । सर्बेक्षण गर्न पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा , जिल्ला समन्वयन समिती सद्स्य इशोरी प्रशाद न्यौपाने , वडा अध्यक्ष नीर बहादुर सारु जिल्ला खानेपानी डिवजन कार्यालयका प्राविधिक शोभाखर अधिकारी लगाएतले मैदानमा रहेको मुलको समेत निरक्षण गरेको स्थानीय शिक्षक संकर न्यौपाने जानकारी गराउनु भयो । यो खानेपानीको मुल बाट करिव ५०० घर परिवारलाइ यस खानेपानीको योजनाले काम गर्ने छ ।

सोही अबसरमा पूर्वखोला गाउँपालीका अध्यक्ष नुन बहादुर थापाल स्थानिय बासी संग भलाकुसारी गर्नु भएको छ । उहाले पुर्बखोला -२ मैदान का ८३ बर्ष का हस्त बहादुर दर्लामी सङ्ग भलाकुसारी गर्नु भएको थियो । भलाकुसारिकाका क्रममा दर्लामीले बृद्धा भत्ता आउन ढिलो गरेकोमा गुनासो गर्नु भएको थियो । गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले अब बैङ्क मार्फत आउने हुदा केही ढिलो भएको र अब सबैले पाउनु हुन्छ हजुरले पनि पाउनुहुन्छ भन्नु भयो ।


प्रकाशित : २०७७ माघ ३ गते २०:२८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology