पूर्वखोलाले नवजात शिशु तथा एकीकृत बालरोग सम्बन्धी अनुशिक्षण पालिकाको सबै वडाको स्वास्थ्य संस्थामा सम्पन्न

Kandara News
प्रकाशित : २०७७ माघ ४ गते १९:०८

पूर्वखोला गाउँपालिकाले समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम पूर्वखोला गाउँपालिकाको ६ ओटै वडाको स्वास्थ्य संथा हरुमा सम्पन्न भएको छ । पूर्वखोला गाउपालिकाको आयोजन र बेश नेपाल तथा सुआहाराको सहाअयोजनामा स्वास्थ्य कर्मी तथा कर्मचारी हरुलाइ ५ बर्ष सम्मको बच्चाको उपचार विधि तथा औषधि प्रयोग , नाभि मलमको प्रयोग , कम तौलको बच्चालाई मायाको अंगालो गर्ने तरिका , मुआक टेपको प्रयोग विधि , रेकर्डिङ र रिपोटको लागि रजिस्ट्ररको प्रयोग , सास फेर्न नसकेका बच्चालाई कृतिम श्वासप्रश्वास गराउने विधि , ६ चरणमा साबुनपानीले हात धुने विधि तथा महत्त्व लगाएतको विषयम २ दिने अनुशिक्षण भएको पालिका पोषण सहजकर्ता सागर हिस्किले जानकारी गराउनु भयो  । प्रशिक्षण हेक्लाङ स्वास्थ्य चौकी प्रमुख अमृत विक्रम श्रेष्ठले गर्नु भएको कार्यक्रममा गाउपालिका अध्यक्ष नुन बहादुर थापा , प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु , स्वास्थ्य संयोजक मोहन ढकाल ले सिकाइ उपलब्धा बारे अनुगमन तथा सुपरिवेक्षण गर्नु भएको हो ।


प्रकाशित : २०७७ माघ ४ गते १९:०८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology