विक्रम रानाबाट साहारा देवि नमुना विद्यालयका विध्यार्थीलाई न्यानो कपडा तथा शैक्षक सामाग्री सहयोग

माया बस्याल
प्रकाशित : २०७७ माघ ९ गते १८:१२

माघ, ९ , गते       माथागढी गा पा ३ कसेनी काे साहारादेवि नमुना प्रा वि मा अर्धवार्षिक कार्यक्रमकाे अवसर पारि समाजसेवी विक्रम रानाले अतिविपन्न परिवारका बालबालिकालाई न्यानाे स्वीटर तथा शैक्षिक सामग्री वितरण गर्नु भएको छ ।

कार्यक्रमका अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष दिपक थापाले याे विद्यालय छाेटाे समयमै निकै राम्रो गरेको तथा अार्थिक रुपले विपन्न परिवारका बालबालिका पढ्ने भए पनि यस विद्यालयकाे प्रगति सिकाई उपलब्धि तथा वर्तमान समयको माग संगै अङ्ग्रेजी शिक्षा समेत सञ्चालन गरेको याे विद्यालयकाे सामुदायिक विद्यालयमा पनि नमुना विद्यालय बनेको र अाफ्नाे वडा भित्र रहेको हुदा यसलाई अाफुले सक्दाे सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । थापाले सामुदायिक विद्यालय भए पनि उच्च रहेको सिकाइ उन्नति देख्दा अाफु निकै खुशी भएको साथै पालिकाकै नमुना विद्यालय पनि बनेको याे स्कुलमा अाफुले सक्दाे सहयोग गर्ने कुरा जनाउनु भएको छ ।

कार्यक्रम बाेल्दै सहयोगी व्यक्ति विक्रम रानाले सानासाना नानीबाबु नियमित विद्यालय अाउने तर कतिपयका अभिभावक दिनभरि मेलापात गरि स्कुल पठाउने अभिभावकका बालबालिका पढ्ने विद्यालय भएको हुदा अाफुलाई यस्तो विद्यालयमा सहयोग गर्न पाउनु गर्वकाे कुरा हाे अागामी दिनमा पनि अाफ्नाे व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

संस्थापक सदस्य तथा कसेनी स्वास्थ्य चाैकी प्रमुख गाेविन्द प्रसाद भट्टराईले पनि कार्यक्रममा बाेल्दै विगतका छाेटाे समयमै यस विद्यालयले धेरै प्रगति गरेको अाफु संस्थापक भएर खाेलेकाे स्कुल अाज थप १ कक्षा बढाई ६ कक्षा भएको छ समुदायको माग अनुसार सिकाइमा पनि स्कुलले गरेको प्रगति निकै प्रशसनिय भएको भन्दै शुभकामना दिनु भएको छ ।

कार्यक्रममा विद्यालय प्र अ भिमबहादुर थापाले हाल अाफ्नाे स्कुलमा १३७ जना बालबालिका अध्ययनरत रहेको सिकाइ उपलब्धि पनि राम्रो नै छ यसलाई देखेर पालिकाले अनुमति प्रदान गरि गत शैक्षिकसत्र देखि कक्षा ६ पनि सञ्चालन गरिएको भन्दै धेरै धन्यवाद दिनु भएको छ । साथै दरबन्दी थप नहुदा समस्या भए पनि विद्यालयका शिक्षक शिक्षिका काे मेहनतमा अाफुले साेचेअनुसार प्रगति भएको प्रगतिप्रतिवेदन पनि प्रस्तुत गर्नु भएको थियो । साथै विद्यालयका बालबालिकालाई सहयोग गर्ने विक्रम रानालाई विशेष धन्यवाद दिनु भएको छ । र उहाँको सहयोगलाई विद्यार्थीको अवस्था हेरेर कक्षा १ देखि ६ सम्मका बालबालिकालाई ३० वटा स्विटर र कक्षा बालविकास र एल के जि का ३८ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको जानकारी गराउनु भएको छ ।

कार्यक्रममा अतिथिलाई फुलमाला लगाएर स्वागत गर्दै शिक्षिका खुमा रानाको स्वागत मन्तव्य , शिक्षक भिम बहादुर सारुकाे सञ्चालन तथा व्यवस्थापन समिति सदस्य केशमाया सुनारको अध्यक्षतामा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७७ माघ ९ गते १८:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology