कार्यक्रताको भावना विपरीत नेताको टाउको गर्नेर पार्टी विभाजनमा प्रचण्ड लागेको – मुख्य मन्त्री पोखरेल

Kandara News
प्रकाशित : २०७७ माघ १० गते २३:२१

पाल्पामा नेकपा तान्सेन नगरपालिका स्तरिय अगुवा कार्यक्रता भेला तथा जिल्ला युवा भेला तथा प्रशिक्षण भेला सकिएको छ । भेलाको प्रमुख अथिति नेपाल कम्युनिस्ट पार्टि स्थायी कमिटी सद्स्य तथा लुम्बिनी प्रदेशका मुख्य मन्त्री संकर पोखरेलले दुई आन्दोलन लाइ स्थापित हुने गरि भएको नेकपा एमाले र माहोवादी केन्द्र बिच एकता भएको तर विश्वास र एकता अनरुप प्रचण्ड अगि बड्न नसेकेर पदको मात्र महत्व दिएको शत्ती प्रयोग गरि नेताको टाउको गनेर अघि बड्ने कृयाकलाप गर्नु भएको बताउनु भयो । पार्टीको एकताको आवास पूर्व एमाले र माहोबादी केन्द्र दुबैका कार्यक्रताले यो अनुभूति गर्न नपाइ नेताको टाउको गनेर पार्टी एकता भङ गरेको आरोप लगाउनु भयो । नेकपा ओलि पक्षले प्रचण्डलाइ अध्यक्ष पद बाट नहटाइको बताउदै उहा सचिएर आए उहाको पद सुरक्षित रहेको तर कार्यकारी अध्यक्ष बाट भने प्रचण्डलाइ हटाइ सकेको पोखरेलले बताउनु भयो । उहाले माधब नेपाल विधि र पद्धतिको कुरा गर्ने भनेर आफुलाइ चित्रण गरेता पनि २ पटक चुनाब हार्दा पनि प्रधानमन्त्री बन्ने र माहादिबेशन बाट अध्यक्ष हारेको व्यत्ती पार्टी फोरेर अध्यक्ष बन्ने स्वार्थ बोकेका नेपाल उहाको विधि र पद्धति स्वार्थपरक रहेको बताउनु भयो । अहिले सरकारले महत्व पूर्ण विकास निर्णमाण कार्य हरु भएको बताउदै के पि ओलीले गरेका काम प्रती विकास निर्णमाका कार्यमा प्रचण्ड माधबलाई चित्त नबिझेको बताउनु भयो । उहाले के पि वलीको नेतृत्वको कम्युनिस्ट पार्टिले नै आगामि चुनाबमा बहुमत प्राप्त गर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सद्स्य तथा युवा नेता महेश बस्नेतले प्रचण्ड माधब नेपालले प्रधानमन्त्री तथा एक नम्बरका पार्टी अध्यक्ष के पि वली लाइ प्रधानमन्त्री र पार्टी अध्यक्ष बाट हटाउने कु चेस्टामा लाग्नु भयो के पि ओलीले त्यसको प्रतिकार गर्दै पौष ५ गते संसद विघटन गरि उहाँ हरुको भित्ते सोचाइलाइ माइती घरमा हामि यहाँ छौ भन्ने स्थितिमा पुर्याएको बताउनु भयो । अधिनायकवाद प्रचण्ड संग बाबुराम , बैध्य , विप्लव लगाएत उहाँ संग बस्न नसेको बताउदै प्रचण्ड अधिनायकवाद रहेको बताउनु भयो । बस्नेतले अहिले पार्टीका कार्यक्रता पूर्व एमालेको ९५ % र पूर्व माहोबादिको ८०/८५ % को हाराहरिमा आ आफनै नेताको लाइनमा रहेर पार्टि दुइ कित्तामा रहेको बताउनु भयो । बैशाखा हुने चुनाब भएरै छाड्ने बस्नेतले बताउनु भयो । सुर्य चिन्ह केपि ओलि पार्टीको नेतृत्वले नै पाउने उहाले जिकिर गर्नु भयो । युवा संघको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टि नेकपाका केन्द्रीय सद्स्य सुजिता शाक्य , नेकपा पाल्पा जिल्ला अध्यक्ष तथा नेकपा केन्द्रिय सद्स्य नारायण प्रसाद आचार्य , किरण बौडेल, बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी लगाएतले भेलालाइ सम्बोधन गर्नु भएको थियो । भेला बाट जिल्ला युवा संगठन गरेको छ । टिका थापाको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रम युवा संघ का पाल्पा जिल्ला इन्चार्ज तुल बहादुर अधिकारीको संचालन र नविन थापाको अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०७७ माघ १० गते २३:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology