पूूूूर्वखोला गाउँपालिकाले किशोरी-छात्राहरुलाई आईरन चक्की वितरण गर्ने, गणपति मा.वि.मा १ सय ५८ लाई वितरण

तीर्थ सारु मगर
प्रकाशित : २०७७ माघ ११ गते १५:१३

वीरकोट,पाल्पा
माघ १२
पुर्वखोला-५,वीरकोटमा रहेको गणपति मा.बि.मा अध्ययनरत किशोरीहरुलाई आइरन चक्की बितरण कार्यक्रम सम्पन्न भएको छ ।
पूररर नेपाली ब्लकमा अध्ययनरत १० वर्षदेखि १९ वर्षसम्मका किशोरीहरुलाई शरीरमा रगतको मात्रा वृद्धि गर्न तथा रक्तअल्पता जस्ता रोगबाट बच्नको निम्ति वीरकोट स्वास्थ चौकीले आइरन चक्की बाँडेको हो । सामान्यतया कक्षा ५ देखी कक्षा १२ सम्म अध्ययनरत १० वर्ष पूरा भई १९ वर्ष भित्रका छात्राहरुलाई आइरन चक्की बितरण गरिएको हो । उनीहरुलाई कक्षा अनुसार समूह-समूहमा राखेर स्वास्थ ,पोषण तथा आइरन चक्की सम्बन्धी बिषयमा प्रशिक्षणसमेत दिईएको थियो । प्रशिक्षणको सहजीकरण वीरकोट स्वास्थ चौकीका अनमी सरस्वती श्रेष्ठ र सावित्री थापाले गर्नुभएको थियो । उक्त कार्यक्रममा १५८ जना छात्राहरुलाई आइरन चक्की बितरण गरिएको थियो ।वीरकोट ,पाल्पा
माघ ११
पुर्वखोला-५,वीरकोटमा रहेको गणपति मा.बि.मा अध्ययनरत किशोरीहरुलाई आइरन चक्की बितरण कार्यक्रम सम्पन्न भएको छ ।
पुर्वखोला गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयहरुमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका किशोरी-छात्राहरुलाई आईरन चक्की वितरण गर्ने कार्यक्रम अन्तरगत गणपति मा.विको नेपाली ब्लकमा अध्ययनरत १० वर्षदेखि १९ वर्षसम्मका किशोरीहरुलाई शरीरमा रगतको मात्रा वृद्धि गर्न तथा रक्तअल्पता जस्ता रोगबाट बच्नको निम्ति वीरकोट स्वास्थ चौकीले आइरन चक्की बाँडेको हो । सामान्यतया कक्षा ५ देखी कक्षा १२ सम्म अध्ययनरत १० वर्ष पूरा भई १९ वर्ष भित्रका छात्राहरुलाई आइरन चक्की बितरण गरिएको हो । उनीहरुलाई कक्षा अनुसार समूह-समूहमा राखेर स्वास्थ ,पोषण तथा आइरन चक्की सम्बन्धी बिषयमा प्रशिक्षणसमेत दिईएको थियो । प्रशिक्षणको सहजीकरण वीरकोट स्वास्थ चौकीका अनमी सरस्वती श्रेष्ठ र सावित्री थापाले गर्नुभएको थियो । उक्त कार्यक्रममा १५८ जना छात्राहरुलाई आइरन चक्की बितरण गरिएको थियो । गाउँपालिकाले पालिका भित्रका सबै विद्यालयहरुमा चरणबद्ध तरिकाले आईरन चक्की वितरण गर्ने स्वास्थ्य प्रमुख मोहन ढकालले जानकारी दिनुभयो ।


प्रकाशित : २०७७ माघ ११ गते १५:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology