सोइया महिला स्वाबलम्बि संथा देवदहद्धारा परिचयात्मक तथा स्वंयमसेवक सपथ कार्यक्रम सम्पन्न

रविन शर्मा चापागाई
प्रकाशित : २०७७ माघ १८ गते ८:४२

देवदह , रुपन्देही
रुपन्देहीको देवदहमा परिचयात्मक तथा स्वंयमसेवक सपथ कार्यक्रम सम्पन्न भएको छ । सोइया महिला स्वाबलम्बि संस्था देवदहद्धारा आयोजित उज्यालो लाल्टिन प्रतिष्ठानसँग परिचयात्मक र कम्युनिकेशन परियोजनाका स्वंयमसेवकहरुलाई सपथ गरार्ईएको थियो ।
कार्यक्रममा बोल्दै उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष सागर कंडेलले सामाजिक क्षेत्रमा प्रतिष्ठानले बिगतमा गरेका कार्य र यस परियोजनामा प्रतिष्ठानको भुमिकाको बारेमा जानकारी दिनुभएको थियो । त्यस्तै सोइया महिला स्वाबलम्बि संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले संस्थाले गर्दै आएका कार्यहरुको जानकारी गराउनुभएको थियो । सोईया महिला स्वाबलम्बि संस्थाद्धारा सञ्चालित क्वालिटी एजुकेशन परियोजनाका संयोजक नारायण भण्डारीले गुणस्तरीय शिक्षाको बारेमा प्रकाश पार्नु भएको थियो ।
त्यस्तै यस परियोजनाका कल्पनाकार एनि मेट नोडफाल्कले यस किसिमको परियोजनाले नेपाल र डेनमार्कमा रहेका किशोरी बिच मित्रता बनाई असमानताको बिरुद्धमा आवाज बुलन्द पार्न सहयोग पुग्ने र यसको सहयोगी उज्यालो लाल्टिन प्रतिष्ठान हुदा अझ सहज हुने बताउनुभयो । साथै उज्यालो लाल्टिन प्रतिष्ठानका संस्थापक अध्यक्ष अमृत लम्सालले परियोजना सफतालाको शुभकामना ब्यक्त गर्दै स्वंयमसेवकहरु परियोजना सफल बनाउन क्रियाशिल हुनुपर्नेमा जोड दिनुभएको थियो ।

यस परियोजना लागि छानिएका २० जना स्वंयमसेवकहरुलाई मोबाईल समेत बितरण गरिएको थियो । स्वयंसेवकहरुले परियोजना अवधीभर संस्थाको नियममा रहि परियोजनालाई सहयोग गर्नेछन । नेपालमा रहेका १००जना किशोरीहरु र डेनमार्कमा रहेका १०० जना किशोरीहरु बिच युवा देखि युवा परिचालन पद्धती अनुसार समाजमा रहेको साँस्कृतिक,सामाजिक असमानतालाई निरुत्साहित पार्न सञ्चारको माध्यमबाट गोलबद्ध भई किशोरिका हकहितमा काम गर्ने यस परियोजनाको मुख्य उद्देश्य रहेको कम्युनिकेशन परियोजनाका संयोजक युवराज चापागाईंले बताउनुभएको थियो ।
मुसहर सम्ुंदायबाट कक्षा १० मा पढ्ने एकमात्र किशोरी तथा भवानी किशोरी समुहका सदस्य आशा मुसहरको प्रमुख आतिथ्यता भएको कार्यक्रमको अध्यक्षता सोइया महिला स्वाबलम्बि संस्थाका कोषाध्यक्ष केशमाया थापाले गर्नु भएको थियो साथै उक्त कार्यक्रम उज्यालो लाल्टिन प्रतिष्ठानका सदस्य तथा कम्युनिकेशन परियोजनाका संयोजक युवराज चापागाईंको संचालनमा भएको थियो ।

परियोजना स्कुल लाईफ ईन नेपालको आर्थिक सहायता , सोईया महिला स्वाबलम्बि संसथा देबदहको संयोजन र उज्यालो लाल्टिन प्रतिष्ठानको सहयोगमा रुपन्देहीको देवहहमा सञ्चालन हुनेछ ।


प्रकाशित : २०७७ माघ १८ गते ८:४२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology