डाडाँमा रहेको प्राचिन पोखरिको मर्मत कार्य हुदै

दुर्गा चोहान मगर
प्रकाशित : २०७७ माघ १८ गते ८:५४

रामपुर , पाल्पा
रामपुर नगरपालिका-०९ अर्वसिङ स्थित पिपलडाँडा पोखरी नामले परिचित पोखरीको स्तरोन्नति, मर्मत संगै निर्माण कार्य सुरु भएको छ। परापुर्व कालदेखि नै बर्षात को पानी सङ्कलन गरेर हिउँदको चैत बैशाख सम्म पनि गाई ,गोरु,बाख्रा जस्ता घरपालुवा जनावरहरुलाई पानी खुवाउनको रुपमा प्रयोग हालसम्म पनि हुदै आईरहेको छ । यो पोखरी संगै इतिहास बोकेको स्व. पृथ्वी बहादुर दिशा (डाक्टर नामले परिचीत समाजसेवी ब्याक्तित्व )द्वारा निर्मित चौतारो पनि रहेको छ। जहाँ बसेर मानिसहरू लेकबेशी, घाँस-दाउरा, गोठालो गर्दा चिसो हावाको सितलता संगै थकान मेट्दै भलाकुसारी गर्ने गर्छन् ।

पोखरी रहेको स्थान हाल अर्वसिङ सामुदायिक बनको क्षेत्र भित्र पर्दछ। निर्माण भइरहेको यो पोखरी जिल्ला बन कार्यालय पाल्पाको दुई लाख आर्थिक सहयोग र स्थानीय जनश्रमदानमा बन्न लागेको हो। यो पोखरी निर्माणको उदेश्य घरपालुवा जनावरहरुले र यस वनक्षेत्र मा रहेका चराचुरुङ्गी तथा वन्यजन्तुले आफ्नो तिर्खा मेट्ने पोखरीको रुपमा संरक्षित हुने साथै यो पोखरी स्थल बनको सबैभन्दा माथिल्लो भागको शिरमा रहेकाले यसबाट सोसिएर गएको पानी सिचाई भइ वन क्षेत्रका बोटबिरुवाहरुलाई पनि फाईदा हुने अर्वसिङ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जित बहादुर दिशाले जानकारी दिनु भयो। यो पोखरी निर्माण योजना २०७७ सालको चैत मसान्तसम्ममा सम्पन्न हुने गरि काम गरेको अध्यक्ष दिशाले बताउनु भयो ।


प्रकाशित : २०७७ माघ १८ गते ८:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology