बर्दघाट नगरपालिकाको वडा नम्बर १२ र १३ लाई पुर्ण संस्थागत प्रसुती सुनिश्चितता वडा घोषणा

रविन शर्मा चापागाई
प्रकाशित : २०७७ माघ २१ गते १७:२७

बर्दघाट माघ २१
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १२ र १३ लाई पुर्ण संस्थागत प्रसुति सुनिश्चितता वडा घोषणा गरिएको छ । एक समारोहका विच लुम्विनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार अधिकारीले दुवै वडालाई पुर्ण संस्थागत प्रसुति सुनिश्चितता वडा घोषणा गर्नुभएको हो ।
घोषणा सभामा बोल्दै अधिकारीले आम नागरिकको सरोकार जोडिएको स्वास्थ्यको क्षेत्रमा सरकारले थुप्रै कार्यहरु गरेको बताउनुभएको थियो । वडा वडामा हरेक नागरिकलाई पहुँच हुने हिसावले र आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्ने हिसावले सरकारले काम गरिरहेको बताउनुभएको थियो । उहाँले स्वास्थ्य मात्र नभई शिक्षा , सडक, खानेपानी, कृषि, सिंचाई लगायतका क्षेत्रमा पनि काम महत्वपुर्ण भैरहेको बताउनुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा रहनुभएका नगर प्रमुख धिरज शर्मा बस्यालले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय विकास भएको बताउनुभएको थियो । बाल मृत्यु र मातृ मृत्युदर घटाउनका लागि पुर्ण संस्थागत प्रसुति सुनिश्चितता कार्यक्रम प्रभावकारी भएको बताउनुभएको थियो । हरेक वडामा स्वास्थ्यको आधारभुत सेवा पु¥याउनका लागि १६ वटै वडामा स्वास्थ्यचौकी संचालन गर्ने कार्यलाई तिब्रता दिईएको बस्यालले बताउनुभयो । हाल सम्म ५ वटा वडामा स्वास्थ्यचौकी स्थापना भैसकेको र बाँकी ११ वटा वडामा पनि छिट्टैनै निर्माण हुने उहाँले बताउनुभयो ।

बर्दघाट नगरपालिकामा हाल ३ बटा बर्थिङ सेन्टर संचालन रहेकोमा निकट भविष्यमै २ वटा बर्थिङ सेन्टर थप गरी ५ वटा पु¥याईने बस्यालको भनाई रहेको थियो । बस्यालले वडालाई पुर्ण संस्थागत प्रसुती सुनिश्चितता घोषणा गर्नका लागि हरेक प्रसुतियोग्य महिलाहरुको घर घरमा पुगेर चेताना अभिब्ृीद्ध गर्न महिला स्वास्थ्य स्वयमसेवीकाहरुको महत्वपुर्ण योगदान रहेको उल्लेख गर्नुभयो । वडामा रहेका स्वास्थ्य चौकी तथा विभिन्न क्षेत्रबाट स्वास्थकर्मीहरुले खेलेको भुमीका पनि प्रसंसनिय रहेको भन्दै यस अभियानमा खट्ने सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेल, प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाद्य, वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण पोखरेल, वडा नम्बर १२ का वडा अध्यक्ष मान बहादुर मल्ल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा जन गायक जीवन शर्माको समेत विशेष प्रस्तुती रहेको थियो । विभिन्न महिला समुह तथा किशोरी समुहको समेत प्रस्तुती रहेको थियो ।

कार्यक्रममा वडा नम्बर १२ र १३ मा रहेका महिला स्वास्थ्य स्वयमसेवीकाहरु, स्वास्थयकर्मीहरुलाई सम्मान गरिएको थियो । यो संगै बर्दघाट नगरपालिकाका ११ वडा वडा पुर्ण संस्थागत प्रसुती सुनिश्चितता वडा घोषणा भएका छन् भने अव वडा नम्बर २, ४, १०, ११ र १६ घोषणा हुन बाँकी रहेको छ ।

कार्यक्रम वडा नम्बर १३ का कार्यवाहक अध्यक्ष रेशम राज पाण्डेको अध्यक्षता र गोपाल सिं आलेको संचालनमा सम्पन्न भएको थियो । पुर्ण संस्थागत प्रसुती घोषणा स्वास्थ्य क्षेत्रको एक महत्वपुर्ण सुचक भएको र बर्दघाट नगरपालिका नेपालकै पहलिो पुर्ण संस्थागत प्रसुति सुनिश्चितता नगरपालिका बन्ने तरखरमा रहेको नगर स्वास्थ्य प्रमुख माधव ज्ञवालीले बताउनुभएको छ । बालमैत्री नगरपालिका घोषणाका लागि पनि यो सुचकले निकै अर्थ राख्ने बालमैत्री फोकल पर्शन समेत रहेका ज्ञवालीको भनाई छ ।


प्रकाशित : २०७७ माघ २१ गते १७:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology