पोषण मैत्री स्वास्थ्य संस्था घोषण सम्बन्धी छलफल वीरकोटमा सम्पन्न

सिमा श्रेष्ठ
प्रकाशित : २०७७ माघ २१ गते १८:४२

माघ २१, पूर्वखोला , वीरकोट

पोषण मैत्री स्वास्थ्य संस्था घोषणा सम्बन्धी छलफल सम्मपन्न भयो ।पूर्बखोला गाउँ पालिका ५ वीरकोटको स्वास्थ्य चौकी भवनमा वडा स्तरीय पोषण तथा सुरक्षा खाध्य निर्देशन समितिको बैंठक बसी यस सम्बन्धी परिभाषा, फाइदा, किन खानु पर्छ भन्ने बारे सम्पुर्ण जानकारी सुहाराका बिनोद पोखरेलले छलफल चलाउनु भएको थियो ।

बैंठकका प्रमुख अतिथि पूर्बखोला गाउँ पालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्न धेरै इन्डिकेटरहरु पुरा गर्दै जानुपर्ने भएकोले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउनु भयो। बैठक साबित्री थापाको अध्यक्ष्ातामा बसेको थियो।


प्रकाशित : २०७७ माघ २१ गते १८:४२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology