रामपुर नगरपालिका ६ ले गर्यो सार्वजनिक सुनुवाइ

बन्धना पोखरेल
प्रकाशित : २०७७ माघ २२ गते १२:५८

रामपुर
कृषि पर्यटन बिकास पुर्बाधार वडा न ६ को बिकासको आधार भन्ने नारा सहित रामपुर नगरपालिका वडा न ६ को सार्बजनिक सुनुवाइ गरेको छ । वडा सदस्य यम बहादुर भुजेलको स्वागत बाट सुरु भएको सार्बजनिक सुनुवाइ कार्यक्रममा नगर उपप्रमुख बिष्णु देबि घिमिरे आचार्य प्रमुख अतिथि रहनु भएको हो ।
सार्बजनिक सुनुवाईमा वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडाका गतिविधिमा प्रस्तुत गर्नु भएको हो । वडा कार्यलयको सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष न्यौपानेले बोल्दै यस आर्थीक बर्ष २०७६।०७७ मा आन्चरिक आम्दानी १ लाख ५५ हजार ६सय भएको नागरिकता सिफारिस ६८वटा , सामाजिक सुरक्षा कार्यक्रम अन्तरत ६० बर्ष मुनिका एकल महिला ५६ जनाको ४लाख ४८ हजार, अशिंक अपाङ्गता ८ जना ५१ हजार २सय , जेष्ठ नागरिक १३९ जनाको १६ लाख ५३ हजार, जेष्ठ दलित ८ जना ६४ हजार जेष्ठ एकल महिला ३७ जनाको २ लाख ८६ हजार, र्पुण अपाङ्गता ७ जनाको ८४ हजार , पोषण भत्ता १४ जनालाई २२हजार ४सय गरि जम्मा २६लाख ८ हजार ६ सय बराबरको आर्थीक हिसाब किताव सुनाउनु भएको हो त्यस्तै गरि घटना र्दता तर्फ जन्मदर्ता ३९ वटा, मृत्यु दर्ता १६, विबाहदर्ता ८ वटा बसाईसराई १ जना सम्वन्ध विच्छेद १ रहेको छ ।
स्वीकृत योजना र कार्यक्रम तर्फ पुजिगत तर्फ ११ बटा जनताको अपेक्षा मेयरको सुवेक्षाबाट ७ वटा चालु तर्फ १३ वटा नगर स्तरिय पुजिगत २ वटा चालु तर्फबाट १३ वटा जम्मा ३२ वटा योजना रहेको वडाध्यक्ष न्यौपानेले बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा) वडाकमिटि अध्यक्ष सागर देबकोटा, नेपाली काग्रेंश वडा कमीटि अध्यक्ष कृष्ण प्रसाद अर्याल , राष्ट्रिय जनमोर्चा नगर कमिटी सचिब राम प्रसाद गैरे, रामपुर नगरपालिका बिशेश समन्वय समिति दिवाकर देबकोटा, वडा सल्लाहाकार सदस्य बिष्णु माया ढकाल, दरै ठाटि माबिका प्रधानाध्यापक सुन्दर प्रसाद देबकोटा, लगाएतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।
सहभागिका तर्फबाट बुद्धि प्रसाद पङेनि, टुक बहादुर राना, हुमबहादुर कुमाल, लगाएतले योजना अनुगमन र अब बाटो मै योजना प्राथमिकता दिन आग्रह गरिएको छ भने, होडिङ्गबोड राख्ने,धोनि रहित नसके पनि धुलो रहित बाटो बनाउन आग्रह गर्नु भएको छ । कार्यक्रमको सन्चालन वडा सचिब बासुदेव ढकालले सन्चालन गर्नु भएको हो ।


प्रकाशित : २०७७ माघ २२ गते १२:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology