पाल्पाको माथागढीमा ५ लाख भन्दा माथिको योजनाको अनुगमन समिति द्धारा अनुगमन

माया बस्याल
प्रकाशित : २०७७ माघ २३ गते २२:१०

माघ २३ गते
माथागढी गाउँपालिका बाट २०७७/०७८ मा गाउपालिका बाट सञ्चालन भएका र ५ लाख भन्दा माथिका भाैतिक पूर्वाधार निर्माण याेजनाकाे अनुगमन ३ कसेनी बाट सुरु भएको छ ।

वडा नम्बर ३ कसेनीकाे खहरेमा सञ्चालन भएको माेटरबाटाे निर्माण नाली निर्माण तथा माेटरबाटाे ढलान , सराई सरापकाेट झिरुबास माेटरबाटाे निर्माण साथै वडा नम्बर ४ झडेवा चाैलेनीकाे बाेखर गाेल्दी चाैलेनी माेटरबाटाे निर्माण याेजना सञ्चालनमा रहेको याेजनाकाे पालिकाकाे अनुगमन समिति द्वारा अनुगमन गरिएको हाे ।

अनुगमनका क्रममा अनुगमन समिति संयाेजक तथा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले गाउँपालिका बाट सञ्चालित ठुला याेजना काे अनुगमन अाज अर्थात् माघ २३ गते बाट सुरु गरिएको हाे । याेजना सञ्चालन प्रभावकारी रुपमा भएको छ तर नाली निर्माणमा भने स्टमेट अनुसार नभएको र बनाउनु पर्ने सुझाव सल्लाह समेत उपभोक्ता समितिलाई दिनु भएको छ उपभोक्ता समितिले पनि समयमै काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

अनुगमनका क्रममा कार्यपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले याेजना प्रभावकारी रुपमा सञ्चालन गरेको उपभोक्तालाई धन्यवाद दिनु भएको छ । साथै याेजनाले मागे अनुसार थप सुधार गरी कार्यपालिकामा प्रक्रिया पूर्याएर अाएमा उपभोक्तालाई कुनै समस्या नहुने र समस्या अाएमा अाफुले हरेक समय सहयोग गर्ने कुरा बताउनु भएको छ ।


प्रकाशित : २०७७ माघ २३ गते २२:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology