संथा हरुको लागि लेखा सम्बन्धि ४ दिने तालिम वीरकोटमा सम्पन्न

सिमा श्रेस्ठ
प्रकाशित : २०७७ माघ २४ गते १७:२९

माघ २४
सामुदायिक संस्थाको अध्यक्ष तथा मेनेजरहरुको बचत ब्यावस्थापन तथा लेखा तालिम शुरु पूर्वखोला -५ वीरकोटमा समापन भएको छ। ४ दिन सम्म संचालन भएको सामुदायिक संस्थाका अध्यक्ष तथा मेनेजरहरुका लागि बचत तथा लेखा तालिम गाउँ पालिकाको आर्थिक सहयोग र पूर्वखोला गाउँ पालिका ५ बीरकोट पाल्पाको सामुदायिक बिकासकोष समितिको आयोजनामा तालिम भएको थियो।

कार्यक्रम पूर्वखोला गाउपालिका अध्यक्षले उद्घाटन गर्नु भएको थियो । अध्यक्ष थापाले उद्घाटन गर्दै संस्थालाइ अफ्नै सम्झेर अझै अगाडि बढाउनका लागि हरेक सदस्य सक्रिय भएर कामगर्नुपर्ने र आफुले पनि गाउँ पालिकाबाट गर्न सक्ने सहयोग गर्ने प्रतिवद्वता जनाउनु भयो ।

४ दिन सम्म संचालन भएको कार्यक्रममा प्रशिक्षक गीता नेपपालले सहजीकरण गर्नु भएको थियो । समापन कार्यक्रम को मुख्य पाहुना मुत्त बहादुर थापाले संथाहरु यस तालिम प्राप्त भए पछि थप उर्जाको साथ व्यवस्थापनमा सहज हुने बताउनु भयो समापन कार्यक्रम मन नारायण श्रेस्ठ को अध्यक्षतामा संकर श्रेष्ठ को संचालनमा भएको थियो ।


प्रकाशित : २०७७ माघ २४ गते १७:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology