पूर्वखोला पालिकास्तरिय प्रा.वि. तह हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

डिल्लीराज पंगेनी
प्रकाशित : २०७७ माघ २६ गते २१:०७

माघ, २६

गाउँपालिका स्तरिय प्राथमिक तह हाजिर जवाफ प्रतियोगिता पूर्वखोलामा -३ रिङ्नेरहमा सम्पन्न भएको छ । जम्मा ३८ वटा विद्यालय रहेको पूर्वखोला गाउँपालिकामा ३२ वटा विद्यालय सहभागी भएपनि इन्ट्री राउन्डबाट १२ विद्यालय छनोट भइ उनीहरुका बीचमा प्रतियोगिता भएको थियो । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले सामुहिक प्रश्नबाट कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष थापाले बौद्धिक खालको प्रतियोगिताले बिद्यार्थीहरुको मनोबल बढ्ने बताउनुभयो ।
उहाँले यो एउटा प्रतियोगिता भएको हुँदा प्रतियोगी समूहहरु कोहि अघि कोहि पछि बन्ने भएपनि सारमा सबै विजयी हुने बताउनुभयो । थापाले सुखी नेपाली समृद्ध नेपाल हामी सबै मिलेर बन्ने समेत बताउनुभयो ।
प्रतियोगितामा साधारणतर्फ सत्यवती प्राथमिक विद्यालय पूर्वखोला -६,लाकुरी प्रथम,सरस्वती माध्यमिक विद्यालय पूर्वखोला -२,खैरेनी द्वितीय र लखन थापा प्राथमिक विद्यालय पूर्वखोला-५,स्याफत तृतीय भएका छन ।

त्यस्तै अंग्रेजी ब्लक अन्तरगत सरस्वती मा.वि.पूर्वखोला-२,खैरेनी प्रथम , गणपति मा.वि.द्वितीय र मातृभुमि माध्यमिक विद्यालय,पूर्वखोला-४,देवीनगर तृतीय भएका छन । कार्यक्रममा पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरुले पुरस्कार वितरण गर्नुहुँदै विजयी समूह तथा सहभागी सबैलाई शुभकामना सहित अझ मेहेनेत गर्नु सुझाउनुभयो । कार्यक्रम शिक्षा शाखा अधिकृत डिल्लीराम ढुंगानाको अध्यक्षता तथा शिक्षा शाखा प्रा. स. विक्रम बस्नेतको संचालनमा भएको हो ।

त्यस्तै सोही कार्यक्रममा पालिका स्तरीय आधारभूत-तह(कक्षा-८) परिक्षा-२०७६ मा उत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीहरुलाई पनि पालिकाले सम्मान गरेको छ । जसमा छात्रा तर्फ उद्बुद्ध मा.वि.,रिङ्नेरहकी एलिना ठाडा,छात्र तर्फ पनि उद्बुद्ध मा.वि.कै विपिन आचार्य,जनजाति तर्फ छात्रा उद्बुद्धकै एलिना ठाडा,जनजाति तर्फ छात्र शम्भु मा.वि.,जल्पाका कृष्ण कुँवर,दलित छात्रा तर्फ उद्बुद्धकै स्वस्तिका वि. क. र दलित छात्र तर्फ जनमार्ग मा.वि. सिलुवाका आशिष वि. क. लाई सम्मान गरिएको हो ।


प्रकाशित : २०७७ माघ २६ गते २१:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology