रामपुरमा १५ शैयाको आयुर्बेद अस्पाताल बन्दै

रमा भण्डारी
प्रकाशित : २०७७ फागुन २ गते १९:३९

रामपुर पाल्पा ,
रामपुर पाल्पामा १५ शैयाको आयुर्बेद अस्पताल बन्ने भएपछि स्थानिय खुशि भएका छन् । रामपुर नगरपालिका वडा नम्वर ५ मा आयुर्बेद अस्पताल तथा प्राकृतिक अस्पतालको भवन निर्माण कार्य शुरु भए पछि स्थानिय हरु खुशि भएका हुन् । पाल्पा स्याङ्जा ,तनहुँ र नवलपरासीको संगम स्थल रामपुरमा आयुर्बेद उपचारलाइ विस्तार गर्न १५ शैयाको अस्पताल निर्माण कार्य धमाधम भएको छ ।
संघिय सरकारको भवननिर्माण अन्तर्गत भ्याट बाहायक ९करोड ५४लाख ८७हजार ४८रुपौयाको लागतमा २०७६साल पौष २५ गते ठेक्का सम्झौता भएर ठेक्का को जिम्मा पाएको शिवशक्ति कन्ट्क्सन कम्पनीले काम शुरु गरेको छ । रामपुर नगरपालिका वडा नम्वर ५मा रहेको आयुर्बेद औषधालय लाइ स्तरउन्नति गरी १५ शैयाको आयुर्बेद अस्पताल निर्माण कार्य भएको छ ।
विश्वव्यापि रुपमा फैलिएको कोभिड १९ का कारण जति काम भइसक्नु पर्ने हो त्यति काम हुन नसकेको भए पनि अहिले काम तिब्र रुपमा भइरहेको शिवशक्ति कन्ट्रक्सन कम्पनीले जनाएको छ ,। अहिले बन्दै गरेको अस्पताल १२ रोपनी आठआना क्षेत्रफलमा भवन निर्माणभइरहको छ । २०७८साल भदौ २४ गते सम्पन्न गर्नुपर्ने अस्पताल भवनको अहिले सम्म करीव १२ प्रतिशत काम सम्पन्न भइसकेको छ । अहिले आयुर्बेद औषधालयमा कविराज बैद्य एक एक जना प्राविधिक २ जना सहयोगि दुइजना कर्मचारी बाट सेवा प्रधान भइरहको रामपुर आयुर्बेद औषधालयका प्रमुख चेमनप्रकास पोखरेलले जानकारी दिनु भएको छ । आयुर्बेदअस्पताल संचालनमा आउदा नौ तह सम्मका डाक्टर हरु बाट सेवा लिन पाइने छ ।


प्रकाशित : २०७७ फागुन २ गते १९:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology