जन जनप्रिय माध्यमिकको ६१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

Kandara News
प्रकाशित : २०७७ फागुन २ गते २१:३३

जनप्रिय माध्यमिक विद्यालय पूर्वखोला -६ हेक्लाङको ६१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति वडा न ६ वडा अध्यक्ष मन बहादुर सारुले कार्यक्रमको ६१ औं बार्षिक उत्सव तथा अभिभाक दिवसको अबसरमा पानसमा बत्ति बालेर उद्घाटन गर्दै यस क्षेत्रको शैक्षिल धरोहरको रुपमा रहेको यस विद्यालयले शैक्षिक गुणस्तर बृद्धिगर्नु पर्ने बताउनु भयो । अध्यक्ष सारुले वडाको चौतर्फी विकास तर्फ अघि बढेको बताउनु भयो ।

कार्यक्रमामा अन्य विद्यालय हरुको तर्फ बाट बालकल्याण प्रा.वि. का प्र.अ. संकर प्रसाद न्यौपाने , कन्दरा न्युजका सम्पाद हरि बहादुर बारघरे , सुमित्रा घर्ती , कुस्माकर पाण्डे लगाएतले विद्यालय को ६१ औं बार्षिक उत्सव को बारेमा शुभकामना दिनु भएको थियो ।
विद्यालयलके प्र.अ. बाबुराम घिमिरेले करिब १ करोड बराबरको आर्थिक आए व्याए सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रम सहित २०७६ को शैक्षिक पुरस्कार , अक्षकोषको शैक्षिक पुरस्कार वितरण भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सद्स्य ललिता दर्लामीको अध्यक्षतामा विद्यालय शिक्षक कमल दर्लामीको स्वागत र विद्यालयका स.प्र.अ. भरत सिंजालीको संचालनमा भएको हो ।


प्रकाशित : २०७७ फागुन २ गते २१:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology