रम्भा गाउँपालिका भित्रका आधारभूत तथा माध्यमिक तह स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न

सुरेश देवकोटा
प्रकाशित : २०७७ फागुन ४ गते २२:१९

खोक्खोला , रम्भा
फाल्गुन ३

रम्भा गाउँपालिकाले श्रीपञ्चमीको अवसर मा ” रम्भा गाउँपालिकाको आफ्नो सान बालमैत्री गाउँपालिका हाम्रो अभियान शिर्षकमा” वक्तृत्व कला प्रतियोगिता रकमा देवि आधारभूत विद्यालय खोक्खोला रम्भा गाउपालिकाको आयोजनामा आधारभूत तह स्तरीय र अन्तर मा.वि स्तरीय प्रतियोगिता सम्पन्न भयो ।

आधारभूत तहमा जम्मा १५ विद्यालय सहभागी प्रतियोगितामा प्रथम जनकल्याण मा.वि. हुगीका अन्जली माझी , द्दितीय रकमा देवि आ.वि. खकखोलाका मनिसा दिशा तृतीय प्राकृतिक आ.वि फुरुङ्दीका नकुल वि.क. र सान्तोना जनहित भगवती मा. वि. हुमिनका राज थापा भएक छन त्यस्तै मा.वि तह स्तरीय प्रतियोगितामा प्रथम जनहित भगवती मा.वि. हुमिनका करुणा रसाइली, द्दितीय जनकल्याण मा. वि. हुगीका सुधाखर पाण्डे , तृतीय रविकिरण मा.वि. पिपलडाडाका सन्देश अर्याल र सान्तोना कृष्ण गण्डकी मा.वि. असेर्दीका विवेक अर्याल भएका छन ।
कार्यक्रमका प्रमुख अथिती रम्भा गाउपालिका अध्यक्ष विष्णु भण्डारीले प्रथम ,द्दितीय, तृतीय, सान्तोना तथा सहभागि विद्यार्थी हरुलाई पुरस्कार वितरण गर्दै गाउँपालिका भित्रका विद्यालय हरुको प्रतियोगात्मक कार्यक्रम हरु थप संचालन गर्ने प्रेरणा मिलेको बताउदै उहाले रम्भा गाउँपालिका भित्रका विद्यालयहरुला पूर्ण बालमैत्री घोषणा गरिसकेको र वडा गत रुपमा यो घोषणा गर्न बाकि रहेको बताउनु भयो । अध्यक्ष भण्डारीले बालवालिकाको हितको लागि गाउँपालीकाले पन्चवर्षीय योजना सहित अघि बढेको जसमा ३९ ओटा सुचकमा रहेर काम गरेको बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधकुमारी श्रेस्ठ , प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ढकाल , लगाएतले शुभकामा दिदै अझ उर्जा शील बन्न आग्रह गर्दै शुभकामना मन्तव्य राख्नु भयो। कार्यक्रम स्रोत केन्द्र संयोजक कासिराम बस्यालको स्वागत शिक्षा शाखा प्रमुख मिना देवी आचार्य संचालन तथा रकमा देवि विद्यालयमा रहेको दिपज्योति बालमञ्च अध्यक्ष कृतिका पौडेल को अध्यक्षतमा भएको हो ।


प्रकाशित : २०७७ फागुन ४ गते २२:१९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology