कसेनीको सराईमा मगर दिवस कार्यक्रम हुने

माया बस्याल
प्रकाशित : २०७७ फागुन ५ गते १९:३६

माया बस्याल,

सराई,पाल्पा

आगामी फागुन १५ गते माथागढीको सराईमा ३९ अौं मगर दिवस कार्यक्रम हुने भएको छ ।
आज माथागढी-३,कसेनीमा भएको मगर अगुवा भेलाले माथागढी गाउँपालिका स्तरिय मगर दिवस समारोह,सराईमा आयोजना गर्ने निर्णय गरेको हो।
भेलाका प्रमुख अतिथि तथा नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष तेज घर्ती मगरले पालिकाले मगरहरुको भेषभुषा,भाषा , संस्कार संस्कृति जगेर्ना गर्नका लागि बजेट विनीयाेजन गरेकोमा विशेष धन्यवाद दिनुहुँदै मगर दिवस जस्ता कार्यक्रमहरुले मगरहरुको जातीय संस्कार संस्कृति जगेर्ना हुने साथै जातिय पहिचान स्थापित हुने कुरा बताउनुभयो । अध्यक्ष घर्ती मगरले उक्त कार्यक्रममा सबै क्षेत्रबाट धेरै भन्दा धेरै सहभागी हुने वातावरण बनाउन अनुरोध गर्नुहुँदै जिल्ला समन्वय समितीबाट सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । मगर बाहुल्य क्षेत्र भएकाले उनीहरूको उत्थान र शसक्तिकरणका लागि पालिकाले बजेट व्यवस्था समेत गरेको वडा नं.-३,कसेनीका वडा अध्यक्ष दिपक थापाले बताउनुभयो ।
भेलाले मान बहादुर रानाको अध्यक्षतामा ७ सदस्यीय मगर दिवस समारोह आयोजक समिति गठन गरेको छ । साथै टेक बहादुर चिदी संयाेजकत्वमा ३ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।
मगर दिवसका अवसरमा मगर समुदायमा प्रचलित ठुलो नाच, कडुवा नाच , झामरे नाच, घाटु नाच जस्ता मगर संस्कृति झल्काउने नाचकाे प्रदर्शन गरिने , मगरी खानाहरुको स्टल राखिने जस्ता कार्यक्रमहरु गरिने भएको छ ।
सो भेला खाेम बहादुर गाहाकाे सञ्चालन र मगर सांस्कृतिक संयाेजक पूर्णबहादुर सारुकाे अध्यक्षतामा सम्पन्न भएको हाे।
मगर जातिको साझा संस्था नेपाल मगर संघको स्थापना भएको दिन फागुन १५ लाई मगर समुदायले मगर दिवसको रुपमा मनाउँदै आएको छ । ८५% मगर जातिको बसोबास भएको माथागढीको सराईमा अघिल्ला वर्षहरुमा पनि मगर दिवस कार्यक्रम हुँदै आएको छ ।


प्रकाशित : २०७७ फागुन ५ गते १९:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology