हेक्लाङमा स्वास्थ्य चौकी भवनको शिलान्यास

Kandara News
प्रकाशित : २०७७ फागुन ५ गते २०:४२

हेक्लाङ पाल्पा
पूर्वखोला गाउँपालिका -६ हेक्लङमा स्वास्थ्य चौकि भवनको शिलान्यास भएको छ ।

पाल्पाको हेक्लाङ स्वास्थ्य चौकि भवनको शिलन्यास गाउपालिका अध्यक्ष नुन बहादुर थापाले गाउपालिका उपाध्यक्ष भागरथी भट्टराइ , प्रमुख प्रशासनकिय अधिकृत ज्ञानु प्रसाद पनेरु , स्वास्थ्य संयोजक मोहन ढकाल अन्य राजनैतिक दलका प्रतिनिधि वडा कार्यालयका प्रतिनिधि लगाएतको उपस्थितमा शिलन्यास गर्नु भएको हो ।
शिलन्याश कार्यक्रममा गाउपालिका अध्यक्ष नुन बहादुर थापाले स्वास्थ्य क्षेत्रमा राज्यले राम्रो काम गरेको बताउदै नजिक रहेको सुबिधा युत्त भवन बाट स्थानियलाई सहज हुने बताउनु भयो । उहाले गाउपालिकामा स्वास्थ्य क्षेत्रको धेरै उपलब्धिमुलक काम गरेको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराई , प्रमुख प्रशाकिय अधिकृत ज्ञानु प्रसाद पनेरु इन्जिनियर शिव शर्मा लगाएतले बोल्नु भएको थियो ।
संघिय सरकार बाट विनोजित १ करोड ६८ लाख मा १ करोड ७ लाखमा दाउन्ने लुम्बिनी कन्ट्रक्सन प्रालीले काम गर्ने जिम्मेवारी प्राप्त गरेको छ । कार्यक्रम स्वास्थ्य चौकि व्यवस्थापन समिति तथा वडा अध्यक्ष मन बहादुर सारुको अध्यक्षतामा हेक्लाङ स्वास्थ्य चौकि प्रमुख अमृत विक्रम श्रेष्ठ को स्वागत र वडा सचिव लेख कुमार सारुको संचालनमा भएको हो ।


प्रकाशित : २०७७ फागुन ५ गते २०:४२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology