सिलुवा मनहरीमा भलिबल खेल सम्पन्न

कृष्ण पंगेनी
प्रकाशित : २०७७ फागुन ५ गते २२:५९

तस्विर प्रतिनिधि गुगल
सिलुवा , पूर्वखोला
पूर्वखोला गाँपापालिका सिलुवा मनहरी सिद्धबाबा युवा कल्व को आयोजना मा संन्चालन भएको टोल स्तरिय पुरूष भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।
फाल्गुन २ देखि ४ सम्म संचालन भएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाँउपालिका वडा नम्बर एक सिलुवा का कार्यवाहाक वडा अध्यक्ष गिरिमान आले खेल स्थानिय स्तरमा मात्र नभै देश विदेश सम्ममा फैलिने किसिमले अघि बढ्नु पर्ने बताउनु भयो । आलेले खेलले मित्रभावको भाइचाराको सम्बन्ध प्रगाढ हुने बताउनु भयो । जापानी नागरिक समाजसेवी काजुमासा काकिमी ओकेबाजी तथा अतिथि रा न पा ७ का वडा सदस्य मिन बहादुर सिंजाली ले बोल्दै खेलकुद को माध्यमबाट यस स्थानलाई देस बिदेसमा चिनाउन पर्ने ,खेलकुद ले मित्रता र भाईचाराको सम्बन्ध बिकाश गर्ने कुरा मा जोड दिनुभयो ।

खेल मा प्रथम सिलुवा रेचे टोल, द्वितिय बैछाप टोल र तृतीय स्थान आयोजक मनहरी टोल भयको थियो । पुरस्कार प्रथम १२ हजार , द्वितिय पुरस्कार रू ८ हजार , तृतीय पुरस्कार रू ५ हजार पाएका छन । उक्त खेल को बेष्ट प्लेयर सिलुवा बैछाप का जीवन राना हुनु भयो
। कार्यक्रममा सास्कृतिक नृत्य सहित सिलुवा को कौरा नाच बाट भरपुर मनोरंजन भयको थियो । कार्यक्रम कल्व का अध्यक्ष याम बहादुर राना को अध्यक्षतामा तथा कल्व का सचिव ज्ञान बहादुर राना को संचालन मा सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ फागुन ५ गते २२:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology