मृगौला पीडित जस्मिन ढेँगा लाई करिब १४ लाख आर्थिक सहयोग जुट्यो

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ फागुन ६ गते २२:१९

पाल्पा पूर्वखोला-२,जल्पा,बर्मुमा माइतीघर भइ हाल पुर्वखोला-३,रिङ्नेरह,विर्ताबजार स्थायी घर भएकी २६ बर्षिया मृगौला पिडित जस्मिन ढेँगाको उपचारार्थ विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट सहयोग संकलन भईरहेको छ ।
यसै क्रममा रिङ्नेरहमा एक कार्यक्रम आयोजना गरि विभिन्न संस्था तथा व्यक्तिहरुबाट संकलित रकम पिडित ढेंगालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा उद्बुद्ध माध्यमिक विद्यालयको तर्फबाट रु.२० हजार , कतारमा कार्यरत हुम बहादुर राना तथा दान बहादुर रानाको सक्रियतामा कतारमा रहेका नेपाली नागरिकहरुबाट संकलित रु.५२ हजार,रियल फ्रेन्ड फेसबुक पेज मार्फत संकलित रु.७० हजार २ सय,पूर्वखोला गाउँपालिकामा कार्यरत कर्मचारीहरुबाट संकलित रु. २० हजार र पूर्वखोला युवा क्लबद्धारा संकलित रु. १ लाख ४४ हजार ८ सय गरि जम्मा गरि २ लाख ८७ हजार रुपैयाँ आज हस्तान्तरण गरिएको हो ।
आज पुर्वखोला गाउँपालिका वडा नं.-३,का वडा अध्यक्ष नीलकण्ठ भट्टराई,रियल फ्रेन्ड फेसबुक पेजबाट सुबोध न्यौपाने,कतारका प्रतिनिधि दान बहादुर राना विद्यालयको तर्फ बाट राम बहादुर गाहा , गाउँपालिकालिकाका कर्मचारी तथा युवाहरुको उपस्थितीमा पिडितलाई संकलित रकम हस्तान्तरण गरिएको हो ।
पारिवारिक स्रोतका अनुसार हालसम्म घरतर्फ बाट ४ लाख १७ हजार रुपैयाँ र माइतीपट्टिबाट ७ लाख रुपैयाँ संकलन भएको र सम्पूर्ण सहयोग जम्मा गर्दा करिब १४ लाख भन्दा बढी संकलन भईसकेको बताईएको छ । सहयोग गर्ने सबैलाई पिडित ढेँगाले धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँको मृगौला प्रत्यारोपण गर्न अझै पनि रकम अपुग हुने परिवारले जानकारी गराएको छ । पूर्वखोला गाउँपालिकाले बुटवल बाट पूर्वखोला आते-जाते एम्बुलेन्सको सुविधा उपलब्ध गरेपछि पिडित ढेंगालाई रकम हस्तान्तरण कार्यक्रममा उपस्थित गराईएको थियो । उहाँको उपचारको लागि कन्दरा न्युजबाट सहयोगको याचना सहित समाचार समेत सम्प्रेषण भएको थियो । । ( तस्विर जस्मिन ढेंगालाइ सहयोग गर्दै गर्दाको


प्रकाशित : २०७७ फागुन ६ गते २२:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology