कसेनीमा मगर संघ गठन ।।

माया बस्याल
प्रकाशित : २०७७ फागुन ७ गते २०:४२

फाल्गुन ७
माथागढी सराई
माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीमा नेपाल मगर संघ जिल्ला समन्वय समितिकाे अायाेजनामा कसेनी मगर संघ गठन भएको छ ।

कार्यक्रमका अध्यक्ष तथा ३ नम्बर कसेनी अध्यक्ष दिपक थापाले कार्यक्रमका अवसरमा बाेल्दै जनजातिको बाहुल्यता रहेको कसेनीमा सबै एकजुट नहुदा अाफ्नाे पहिचान अस्तित्व समेत संकटमा पर्ने डर हुने भन्दै सबै एकजुट भएर अगाडि बड्न अाग्रह समेत गर्नु भएको छ। थापाका अनुसार जनजाति समुदायका व्यक्तिहरु अाफ्नाे हकअधिकार पाउन र गुमाएको अवस्थामा समेत बाेल्न नसक्नु अरुले अन्याय गर्दा समेत चुपचाप बस्नु र प्रतिनिधित्वकाे क्षेत्रमा म बस्छु गर्छु भन्ने अात्मबल जबसम्म बढ्दैन तबसम्म पहुँचमा पुग्न नसकिने भन्दै थापाले अब सबै एकजुट भएर लाग्न अाग्रह समेत गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल मगर संघ जिल्ला समन्वय समिति अध्यक्ष तेज घर्तीमगरले कार्यक्रममा बाेल्दै पाल्पा जिल्लामा मगर समुदायको बहुल्यता (बसाेबास) रहे पनि सरकारी तथा नीतिगत कार्यकाे पहुँचमा भने न्युन रहेको त्यसैले मगर समुदायको पहुँचमा पूर्याउनका लागि सबै एकजुट भएर लाग्नु पर्ने सभा समारोहमा उपस्थित हुनुपर्ने कार्यक्रममा सहभागी भई अाफ्नाे ठाउँ लिनुपर्ने कुरामा जाेड दिनुभएको थियो । समाजमा धेरै जनसंख्या भए पनि पहुँचमा पुग्न नसक्नुका कारण अाफ्नाे हितकारी निर्णय समेत हुन नसक्दा अन्यायमा पर्नु पर्ने समस्या रहेको भन्दै सबैले सहभागिता बढाउनु पर्ने र मिलेर संगठित भएर अगाडि बढ्नु पर्ने कुरामा घर्तीले जाेड दिनु भयो ।

भेलाले लाेकेन्द्र थापा अध्यक्ष हुने गरि २१ सदस्यीय समिति गठन गरेकाे छ । नवनिर्वाचित अध्यक्ष लाेकेन्द्र थापाले कार्यक्रममा बाेल्दै यस संगठनले सबै मगर समाजलाई एकजुट बनाउने प्रतिनिधित्व तहमा पूर्याउने निर्णायात्मक तहमा पहुँच बढाउने साथै सबैलाई एकजुट गराएर अगाडि बढ्ने कुरामा अाफू लगाएत सबै पदाधिकारीले साथ दिने प्रतिबद्धता र मगर समुदायको हितको लागि आफुले गर्नु काम गर्ने बताउनु भयो।
समिति गठन पछि सबै पदाधिकारीले मगर समुदायको हकहितका लागि एकजुट भएर काम गरिने सबै मिलेर अगाडि बढिने तथा सबै मगर एक हाैं भन्ने जस्ता भनाइलाई हात्मसाथ गरी कसम खाएका थिए ।

कार्यक्रम सराइ युवा क्लब अध्यक्ष खाेम बहादुर गाहाकाे सञ्चालन तथा वडा अध्यक्ष दिपक थापाको अध्यक्षतामा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७७ फागुन ७ गते २०:४२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology