सामान्य रुपमा गणपति मा.वि.को ६२ औंं वार्षिकोत्सब तथा अभिभावक दिवश सम्पन्न ।

तिर्थ सारु
प्रकाशित : २०७७ फागुन ७ गते २१:०१

फाल्गुन-७ , वीरकोट
गणपति मा.वि.पूर्बखोला-५,वीरकोटले आफ्नो ६२ औंं बार्सिकोत्सव तथा अभिभावक दिवश कुनै पनि अभिभावक तथा विशेष अतिथिको निमन्त्रणा विना नै प्रतिनिधि मुलक व्यक्तिहरूको सभागितामा सामान्य तरीकाले ६२ औ वार्सिकोत्सव तथा अभिभावक दिवश सम्पन्न गरेको छ ।
शिक्षक प्रतिनिधि तिर्थ सारुको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा बिधालयका प्र.अ.बिष्णु कुमार पल्लीले बिधालयको सम्पुर्ण आर्थिक पंंक्ष,भौतिक पंक्ष र शैक्षिक पंक्ष समेटिएर तयार पारेको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।उहाँले यस बर्षको बिधालयको आर्थिक पंक्षमा २,३९,६४,११३.८३/-वरावरको आय-व्याय विवरण प्रस्तुत गर्नुको साथै वार्षिकोत्सव सामान्य रुपमा मनाउनुमा हाल बिधालयमा रास्ट्रिय पुनर्निर्माण प्राधिकरणको मातहतमा साउदी फन्दको आर्थिक सहयोगमा सात कोठे भवन निर्माणधिन अवस्थामा रहेकोले गर्दा विभिन्न कार्यक्रमहरु गर्न खेल मैदान नभएको,हालको प्राङ्गणमा कक्षा सन्चालनको लागि अस्थाई रुपमा कक्षाकोठा बनेको र अर्को तर्फ फेरि कोभिड रोग पुर्ण रुपमा नियन्त्रणमा नआएको हुँदा बढी भिडभाड गर्न पनि असान्दर्भिक देखिएको र बि.व्य.स.तथा शिक्षक स्ताफको सल्लाह सुझाब अनुसार नै यस बर्षको वार्सिकोत्सव सामान्य रुपमा मनाउनु पर्नुको कारणहरु उल्लेख गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गरिरहनु भएका बि.व्य.स.अध्यक्ष तथा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले यस बिधालयका संंस्थापक व्यक्तिहरुको स्मरण गर्दै आजको दिन भनेको नेपालमा प्रजातन्त्र उदय भएको दिन र आजको दिनवाट नै बिधालय खोलेर सर्वसाधारण जनताका छोराछोरिले शिक्षा ग्रहण गर्ने अवसर मिलेको दिनको रुपमा लिनु भएको थियो ।साथै उहाँले बिधालयले समय सापेक्ष गुणस्तरिय जीवन उपयोगी शिक्षा दिनु पर्नेमा जोड दिदै बिद्यार्थीले पहिले आफ्नो उद्देश्य तय गरि अनुशासनलाई आत्मसात गर्दै योजना बनाएर मात्र अध्ययन गरेर सफलता प्राप्त गरि देशको उच्च पदमा पुगि देशको सेवा गर्नु पर्ने कुरा जोड दिनु भएको थियो भने शिक्षकहरूले बिद्यार्थीलाई
बालबिवाह तथा स्वास्थ सम्बन्धि जानकारी दिदै शिक्षकले पढाउने पाठको पुर्वतयारी गरेर मात्र कक्षाकोठामा प्रबेश गर्नु पर्नेमा आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रममा पूर्वखोला गाउँपालिककाका कृषि विशेषज्ञ कमान सिङ थापाले आफनो बिद्यार्थी जीवनको अनुभव सुनाउनु हुँदै मा.बि.तहमा उत्कृष्ट हुने एक- एक जना छात्रा-छात्रलाई
अध्ययनमा प्रोत्साहन होस भन्ने हेतुले प्रती बिद्यार्थी रू.१०००/- का दरले रू.२००० रकम प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी बि.व्य.स.सदस्य चन्द्र सिं
बर्मेली,शिक्षक अभिभावक संघका अध्यक्ष ऋषिराम ढेंगा लगाएतका अतिथिहरूले बिधालयको उत्तरोत्तर प्रगतिको शुभकामना मन्तव्य राख्नु भएको थियो ।शिक्षक माधब न्यौपानेको अगुवाइमा बिहान बिधाकि देबि सरस्वती माताको पुजा आरधनाका साथ प्रभातफेरी गरि मन्तव्यको बीच-बीचमा बिद्यार्थीहरूलाई शैक्षिकसत्र २०७६ सालको शैक्षिक पुरस्कार वितरण समेत गरेको थियो ।यो कार्यक्रम बिधालय
व्यवस्थापन समितिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षता र सहायक प्र.अ.प्रेम बहादुर बारघरेको सन्चालनमा प्रतिनिधि मुलक व्यक्तिहरूको उपस्थिति सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ फागुन ७ गते २१:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology