सिलुवामा स्वास्थ्य प्रयोगशाला समुद्धघाटन

कृष्ण पंगेनी
प्रकाशित : २०७७ फागुन ८ गते १८:४१

फाल्गुन ८ , सिलुवा
पूर्वखोला १ सिलुवा मा स्वास्थ्य प्रयोगशाला समुद्घाटन भएको छ ।
पूर्वखोला गांउपालिका वडा नम्बर एक सिलुवा मा लुम्बिनी पदेश को सहयोग तथा पूर्वखोला गांउपालिका को व्यथास्थापन मा स्वास्थ्य चौकी जनस्वास्थ्य प्रयोगशाला उद्घाटन गरिएको छ । उद्घाटन गर्दै कार्यक्रममका प्रमुख अथिति पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थालाले पालिका भित्र भए गरेका स्वास्थ्य, शिक्षा र बिकास संग सम्बन्धित सम्पूर्ण गतिविधि तथा प्रयोगशाला को सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा पूर्वखोला गांउ कार्यपालिकका प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरू , पूर्वखोला मेडिकल अधिकृत डा. सुदिक्षा भण्डारी पूर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल, जनमार्ग मा.वि. का प्र.अ. श्याम बहादुर दिशा, पूर्वखोला गांउपालिका वडा नम्बर एक वडा सदस्य रितमान श्रेष्ठ लगायत ले स्वाथ्य प्रयोगशाला को सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा सिलुवा स्वास्थ्य चौकी ल्याव असिस्टेन्ट गणेश लामा ले यस कार्यलय बाट प्रदान गर्ने सेवा सुविधा वारे जानकारी दिनुभयो को थियो ।कार्यक्रम सिलुवा स्वास्थ्य चौकी ब्यबस्थापन समिति को अध्यक्ष तथा पूर्वखोला गांउपालिका वडा नम्बर एक सिलुवाका कार्यवाहक वडा अध्यक्ष गिरिमान आले को अध्यक्षतामा संचालन मा भएको थियो । सिलुवा स्वास्थ्य चौकी का अनमी पशुपति चिदी को स्वागत मन्तव्य तथा सिलुवा स्वास्थ्य चौकी प्रमुख मौसम राई को संचालन मा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ फागुन ८ गते १८:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology