नेपालभारत मैत्रि संघको चौथो सभा रामपुरमा सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७७ फागुन १० गते २०:३८

फाल्गुन १० , रामपुर
नेपाल भारत मैत्रि सघ पाल्पा को आयोजनामा चौथो मैत्रि सभा सम्पन्न भएको छ । पाल्पा जिल्ला शाखाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रमका मुख्य पाहुना लुम्विनि प्रदेशका साम्सद युवराज खनाल रहनु भएको हो । कार्यक्रममा सस्थाका सदस्य भेषराज सुबेदिको स्वागतबाट शुरुभएको कार्यक्रममा अध्यक्षले आफ्नो प्रतिबेदन पढेर सुनाउनु भएको थियो । कार्यक्रममा मुख्य पाहुना साम्सद खनालले बोल्दै ११ सालमा शुरु भएको सस्था २०३८ सालमा दर्ता भएर पाल्पामा २०५२ सालमा समिति चयन भएको हो । सस्थाले विभिन्न विकासका लागि माग गर्ने सक्ने भन्दै सिमा का विषयमा पनि काम भईरहेको बताउनुहुदै अधिबेसन सफलताको शुभकामना दिनुभएको छ ।
केन्द्रीय उपाधयक्ष बासुदेव सुवेदी , लोकेन्द्र श्रेष्ठ केन्द्रीय महा सचिव बोध कृष्ण सुवेदी , ईलाका प्रशासन कार्यलय रामपुरका प्रमुख ईश्वरि प्रसाद अर्याल , रामपुर न.पा. निमित्त प्रमुख रामहरी पाण्डे, सस्थाका सल्लाहकार देवराज ढकालले बोल्दै अधिवेशनले ईमान्दार जुझारु समिति चयन हुनेछ भन्नू भयो । कार्यक्रममा रामतुलसि मा.वि. का अध्यक्ष विष्णुप्रसाद पौड्यालले बोल्दै भारतले हरेक क्षेत्रमा हेपाह प्रबृति गरेको कुरा प्रष्ट पादै साथि भनेर त साथि जस्तो हुनु पर्दछ भन्नू भएको छ । रामपुर उद्योग बाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द प्रकाश ढकालले बोल्दै नेपाल मा ९४ प्रतिसत पर्यटक काली गण्डकी स्नानका लागि आउने वातावरण महत्व पुर्ण भुमिका खेल्न सके अझ राम्रो हुने बताउनु भयो । सस्थाका केन्द्रीय सदस्य धनेश्वर बस्यालले भारतले विभिन्न क्षेत्रमा राम्राकाम भएको बताउनु भयो । कार्यक्रममा स्वागत संथाका सदस्य शुशिला श्रेष्ठले र संचालन नारायणकार्कीले गर्नु भएको कार्यक्रम होटल श्रीनगरको सभाहलमा भएको कार्यक्रमको बन्द सत्र चलिरहेको छ ।¢


प्रकाशित : २०७७ फागुन १० गते २०:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology