सर्वोच्चको ऐतिहासिक फैसला । संसद विघटन बदर

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ फागुन ११ गते १८:१४

११ फागुन, काठमाडौं ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

सो फैसलासंगै प्रतिनिधिसभा पुनर्जीवित भएको छ । साथै फैसलाको १३ दिनभित्र संसद बैठक आह्वान गर्न समेत आदेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।


प्रकाशित : २०७७ फागुन ११ गते १८:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology