रामपुरकाे अाठाै नगरसभा ले ३ विधेयक र १ नियमावलि सर्वसहमतिमा पारित ।।

रमा भण्डारी
प्रकाशित : २०७७ फागुन १३ गते २०:००

फागुन १३ , रामपुर पाल्पा ।
रामपुर नगरपालिकाकाे अाठाै नगर सभा भएकाे छ ।स्वास्थ्य सुन्दर र सम्उन्नत शहर हाम्राे रामपुर नगर भन्ने नाराका साथ नगरसभा भएकाे छ ।अाठाै नगरसभाले ३ विधेयक र १ नियमावलि सम्साेधन सहित सर्वसहमतिमा पारित गरेकाे छ । नगर प्रमुख रमणबहादुर थापाले सभाकाे पानसमा वत्ति बालेर बिरुवामा पानी राखेर उद्घाटन गर्नु भएकाे हाे ।सभामा नगरप्रमुख थापाले उठेका जिज्ञाशा मेटाउदै अाफ्ना भनाई राख्नु भएको थियो ।
अाठाै नगरसभामा भवन निर्माण विधेयक २०७७काे भवन निमार्ण तथा पुर्वाधार विकास समितिका सम्याेजक हिमाल मल्ल, सभामा स्वास्थ्य तथा सरसफाई विधेयक २०७७ सामाजिक विकास समितिका सम्याेजक एक बहादुर नेपालि र मीन बहादुर सिङजालिले प्रस्तुत गर्नु भएकाे थियो ।नगर सभामा प्राकृतिक स्राेत तथा वातावरण सम्रक्षण विधेयक २०७७ विपद व्यवस्थापन समितिका सम्याेजक ताराबहादुर थापा नगरप्रबक्ता हुमनाथ न्याैपानेले प्रस्तुत गर्नु भयाे । खरिद नियमावलि २०७७ लेखा समिति सम्याेजक लिला बहादुर गाहाले प्रस्तुत गर्नु भएको हाे । सभामा कार्यविधि विधेयक र नियमावलिकाे छलफल पछि सम्साेधन सहित पारित गरेकाे छ । नगरपालिकाका उपप्रमुख विष्णुदेवि घिमिरे अाचार्यले स्वागत गरेकाे सभामा प्रस्तुत विधेयकका विषयमा वडा नम्वर ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पङ्गेनि वडा सदस्य कमलराज भट्टराई ,वडा नम्वर१० का वडा सदस्य कृष्ण बहादुर सारु ,वडा नमवर १ का वडा सदस्य गम बहादुर मल्ल लगायतले शुझाव दिनुभएकाे थियाे ।कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत हरिराम नाघिलाले रामपुरकाे विकास निर्माणका लागि सबैले समन्वय गरेर जानू पर्ने कुरामा जाेड दिनु भएकाे छ ।हाेटल श्रीनगरकाे सभाहलमा नगर सभा भएकाे हाे ।


प्रकाशित : २०७७ फागुन १३ गते २०:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology