तातोपानि धाममा चलेको नगरगौशालाको प्रथम बाषिक उत्सव सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७७ फागुन १४ गते १८:१५

फागुन १४ , रामपुर पाल्पा
रामपुर नगरपालिका वडा नम्वर ६ तातोपानि धाममा रहेको नगर गौशालाले स्थापनाको प्रथम बाषिक उत्सव( ३ दिने) विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।२०७६साल फागुन १२ गतेबाट २० सम्म महायज्ञको आयोजना गरी स्थापना गरेको गौशालाले प्रथम बाषिक उत्सव सम्पन्न गरेको हो । प्रथम वार्षिक उत्सव कार्यक्रममा गाइको महत्व उपयोगिता गौशालाको दिगो विकास व्यवस्थापन सम्वन्धी संगितमय सास्कृतिक भजन कृतन सगै कथा प्रवचन गरी कार्यक्रम सम्पन्नगरेको हो । रामपुर नगरपालिका भित्र छाडारुपमा छाडेका गाईको व्यावस्थापन गर्ने उदेश्यले नगर गौशालाको परिकल्पना गरी कामगरेको गौशाला व्यावस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले बताउनु भएको छ । गाईको महत्व धामिक विश्वास बडाउने र गाईबाट पाइने मानवजाति र पृथ्वीलाइपनि फाइदा पर्यटकिय स्थालको प्रचारप्रसार सगै हिन्दूहरुका लागि जन्मिदा देखि मृत्यु सम्म गाईको महत्व रहेको बताउदै गौशाला स्थापना गरेको र बाषिक उत्सव मनाएको अध्यक्ष न्यौपानेले बताउनु भएको छ । नगरगौैशालाबाट अहिले सम्म१ करोड ८०लाख ९४ हजार २४ रुपौया जम्मा भएको कोषाध्यक्ष चन्डी प्रसाद खनालले बताउनु भएको छ । बाषिक उत्सवका अवश्वरमा गौशालामा कामधेनु गौशाला देवदह रुपन्देहिका प्रमुख संरक्षक योगआयुर्बेेद एव पञ्चगव्य चिकित्सा विशेषज्ञ अनुसन्धानकर्ता धर्म सस्कार संस्कृति भित्रको विज्ञान र आध्यात्मका अन्बेषक गौ रक्षा अभियान्ता गोब्रति योगी सोमराजजी महाराज को मुखार विन्दबाट कथा प्रवचन भएको कार्यक्रम सम्पन्न भएको वडा सचिव बासुदेव ढकालले बताउनु भएको छ । गौशालालाइ उपयोग गर्न सके आम्दानी पनिहुने र सगसगै धर्म संस्कृतिको पनि संरक्षण हुने समितिले जनाएको छ । अहिले गौशालामा १ सय २२ वटागाइ रहेको छ भने ३० वडा गाउँमा रहेको छ । अव नगरगौशालाले १ सय ८ खुत्रुके बनाएर रामपुरको विभिन्न स्थानमा राख्ने योजना रहको पनि समितिले जनाएको छ ।


प्रकाशित : २०७७ फागुन १४ गते १८:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology