सराईमा मगर दिवसको अवसरमा मगरी खाना महोत्सव

माया बस्याल
प्रकाशित : २०७७ फागुन १५ गते २१:०४

फागुन १५ , सराई
माथागढी गाउँपालिका स्तरीय ३९ अाैं मगर दिवस तथा मगरी खाना महाेत्सव वडा नम्बर ३,कसेनी सराईमा भव्य कार्यक्रम गरी सम्पन्न भएको छ ।

प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य वीर बहादुर रानाले कार्यक्रममा बाेल्नुहँदै सबै मगरहरु एकजुट भएर आफ्नाे संस्कार संस्कृतिकाे जगेर्ना गर्नुपर्ने कुरामा जाेड दिनुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले सबै मगरहरु एकजुट भएर अगाडि बढ्नु पर्ने साथै शिक्षा/स्वास्थ्यकाे क्षेत्रमा तथा राेजगारीकाे क्षेत्रमा पनि अगाडि बढी मगर समुदायको प्रतिनिधित्व बढाउनु पर्ने कुरामा जाेड दिनुभयो ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले प्रशासनिक तथा सामाजिक क्षेत्रमा महिलाहरुकाे प्रतिनिधित्व कमी भएको अौंल्याउनुहुँदै समाजमा विकृतिको रुपमा रहेका बालविवाह,बहुविवाह जस्ता कुरिती राेकिनु पर्ने,प्रतिनिधित्वको क्षेत्रमा अगाडि बढ्नुपर्ने कुरामा जाेड दिनुभएको थियो । उहाँले आजको युगमा सुचनाकाे पहुँचमा बस्नुपर्ने आवश्यकता भए पनि माेबाइल फाेनकाे बढ्दाे विकृतिले समाजमा नकारात्मक संस्कार फैलिएकोमा यस्तो राेक्न पनि आग्रह गर्नु भएको थियो ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष तेज घर्ती मगरले नेपाल मगर संघ स्थापनाको ईतिहासका बारेमा चर्चा गर्नुहुँदै मगर संघ भित्रका सांगठनिक,सैद्धान्तिक ,वैचारिक अन्यौलतालाई चिर्दै संगठित भएर अगाडि बढ्नु पर्ने कुरामा जाेड दिनुभयो ।

कार्यक्रममा नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष प्रतीक्षा गाहा सिंजाली , समाजसेवी खेमान सिं राना लगायतले शुभकामना दिनुभएको थियो । साथै सो अवसरमा मगरी समुदायमा प्रचलित घाटु नाच, काैडा नाच तथा मगरी खानाका बिशेष परिकार चुकाउनी,सेलरोटी , बटुक,भुजुरी,अचार,माछा फ्राइ,चटनी जस्ता विभिन्न परिकारहरुकाे बिक्री,मगर समुदायका लाेपोन्मुख सामग्रीहरु समेत प्रर्दशन गरिएको थियो ।

कार्यक्रम राेशनी चिदी तथा लालुमाया घर्तीमगरको सञ्चालन तथा नेपाल मगर संघ,कसेनी वडा समिति अध्यक्ष लाेकेन्द्र थापाकाे अध्यक्षतामा सम्पन्न भएको हाे


प्रकाशित : २०७७ फागुन १५ गते २१:०४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology