पूर्वखोलामा ३९ औं मगर एकता दिवस कार्यक्रम सहित मनायो ।।

Kandara News
प्रकाशित : २०७७ फागुन १५ गते २१:५७

३९ औं मगर एकता दिवस पूर्वखोला गाउँपालिका ३ मा सम्पन्न भएको छ । विभिन्न टोलको र्याली सहितको सुरुवात भएको कार्यक्रमका प्रमुख अथिति पूर्वखोला गाउपालिका अध्यक्ष नुन बहादुर थापाले क्यान्डिल बालेर उद्घाटन गर्नु भएको थियो । प्रमुख अथिति नुन बहादुर थापाले कार्यक्रमको मन्च बाट बोल्दै मगर एकता दिबस को कार्यक्रम भएता पनि कति पएलाइ जानकारि नहुन सक्छ राणा शासन पछि २००७ सालमा प्राजातन्त्र आइसकेपछि भाषा भेष , संकृति हरु खोजी भएको २०११/१२ नेपालमा छरिरिएर रहेको मगरहरुले पनि अरु समुदायले जस्तै भाषा सकृति बचायर अघि बढे २०३८ सम्मा विभिन्न कलब तथा संथा हरु स्थापना भएर आएको मगर हरुले २०३८ साल फागुन १५ गते बाट मगर संघ स्थापना भएर मगगर एकता दिवस मनाउन थालेको बताउनु भयो । मगर हरुको मातृभासा मगर भए पनि सबैले जान्ने गरि लिपि प्रकाश नभएको बताउदै मगर बुद्धिजिबिले यसको लिपि प्रकाशन गर्ने तर्फ अघि बढ्नु पर्ने बताउनु भयो ।

उहाले मगरि भेषभुषालाइ मगर दिबसको दिनमा मात्र नभएर अरु बेला पनि लगाउन मिल्ने गरि पोसाक छनोट गरि प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । अध्यक्ष थापाले नेपाल फुलै फुलको फुलबारि रहेको यसमा पनि मगर एउटा फुल भएको बताउनु भयो । उहाँले कुनै पनि जात जातिलाइ तल पारेर अघि बढ्ने सोच नराख्न समेत आग्रह गर्दै समाज र देश बनाउन सबैलाइ समेटेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले मगर हरु राजनैतिक , आर्थिक सास्कृतिक हिसाबले सबैमा सक्षम भएर अघि बढ्नु पर्ने बताउदै मगर तथा गैरमगर सबैलाइ मगर दिवसको अवसरमा शुभकामना व्यत्त गर्नु भयो ।

कार्यक्रममा गाउपालिका उपाध्यक्ष भागरथि भट्टराई, प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरु , वडा न २ वडा अध्यक्ष निर बहादुर सारु वडा न ३ वडा अध्यक्ष निलकण्ठ भट्टराइ , कमान सिं थापा लगायतले ३९ औं मगर एकता दिवसको उपलक्षमा शुभकामना व्यत्त गर्नु भएको थियो । कार्यक्रममा मगरी समुदायको ठुलो नाच , झ्याउरे ,कढुवा , झाब्रे लगायतको साकृतिक कार्यक्रम सहित मगर चलन चल्तिमा रहेको खानाको परिकर समेत खुवाइएको थियो । कार्यक्रम मगर संग का पालिका अध्यक्ष खुम बहादुर पाटाको अध्यक्षताम वडा न ३ वडा सद्स्य हिरा बहादुर ढेंगाको स्वागत तथा गगां बहादुर काम्मुको संचालनमा भएको हो ।


प्रकाशित : २०७७ फागुन १५ गते २१:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology