रामपुर अस्पतालमा शल्यक्रिया सेवा शुभारम्भ,मन्त्री बरालले गरे उद्घाटन

रमा भण्डारी
प्रकाशित : २०७७ फागुन १६ गते २०:२८

फागुन १६,रामपुर पाल्पा
रामपुर अस्पताल,रामपुर पाल्पा र निक साईमन्स ईन्टिच्युट सानेपा,ललितपुरकाे समन्वयमा शल्यक्रिया सेवा विस्तारकाे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । शल्यक्रिया सेवा बिस्तारकाे लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्सन बरालले उद्घाटन गर्नुभएकाे हो । कार्यक्रममा मन्त्री बरालले रामपुरमा बाटाेका कारण र अन्य कारणले पनि डाक्टर आउन दुख मान्ने गरेकाले सबैले सहयाेग गर्नुपर्ने धारणा राख्नुभयो । मन्त्रि बरालले दुर्गम ठाउमा डाक्टर पु-याए मात्र देशमा समाजवाद आउने बताउनु भएकाे छ । उहाँले दुर्गम ठाउमा डाक्टर पठाउने कुरा चुनाैति पुर्ण रहेकाे भएपनि निजि क्षेत्रसंग समन्वय गरेर काम गर्ने बताउनु भयाे ।कार्यक्रममा लुम्बिनी प्रदेसका सांसद युवराज खनालले रामपुर अस्पतालमा सेवा विस्तार भएकाेमा खुशि लागेकाे बताउनु भयाे । कार्यक्रममा निक साईमन्सका निर्देशक कसिम शाहले रामपुर अस्पतालमा शल्यक्रिया सेवा सुरुवात भएसंगै लुम्बिनी प्रदेशमा आफ्नो संस्थासंग सहकार्य गर्ने अस्पतालको संख्या १८ वटा पुगेको बताउनुभयाे । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विजय परियारले अस्पतालकाे वर्तमान सेवा र भाबी गुरुयाेजनाका साथ काम भएकाे भन्दै डेलिभरी ,हर्निया,एपेन्डिसाईटकाे अप्रेसन हुने जानकारी गराउनु भएकाे थियो । कार्यक्रमकाे सञ्चालन अस्पतालका नासु हिरा विकले गर्नुभएको थियो ।कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले अस्पतालकाे लागि नगरपालिकाले जतिबेलापनि सहयाेग गर्ने प्रतिबद्धता जनाउनु भएकाे थियो । कार्यक्रम रामपुर अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराईकाे अध्यक्षतामा भएकाे हाे ।


प्रकाशित : २०७७ फागुन १६ गते २०:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology