रामपुरका ६० जना जेष्ठ नागरिकलाई सम्मान ।।

रमा भण्डारी
प्रकाशित : २०७७ फागुन १७ गते ११:५२

रामपुरका जेष्ठ नागरिकलाई सम्मान
फाल्गुण १७ ,रामपुर पाल्पा
रामपुरनगरपालिकाले ६० वर्ष उमेर पार गर्नु भएको जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । बिगतको योगदान सम्झदै जेष्ठ नागरिकलाई कोसेलीस्वरुप कपडा, पोष्टीक खाना र स्वास्थ परिक्षण सहित सम्मान गरेकोे हो । नगरपालिकाको गरिब तथा विपन्न वर्गलाई रोजगारीउन्मुख कार्यक्रमहरु सञ्चालन गर्ने मुख्य उदेश्य रहेको यस कार्यक्रमबाट जेष्ठ सम्मान गरिएको हो । मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाका ६०जना जेष्ठ नागरिकलाई सम्मान गरिएको समितिको सदस्य बन्दना पोखरेलले बताउनुभयो । जिवनको क्रियाशिल समय समुदायको बिकासमा उल्लेखनिय भुमिका खेल्नुभएको सम्झना गर्दै आउदो भाविपुस्तालाई आफ्नो अनुभव र ज्ञान बिस्तार गर्न आग्रह सहित सम्मान गरिएको छ । रामपुर नगरपालिकाको वडा न। १ वडा नं २ र ३मा आईतबार भएको कार्यक्रममा ब्लाङ्केट राखिएको झोला जेष्ठ नागरिकलाई प्रदान गरिएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका उपमेयर बिष्णु देवि घिमिरे आर्चाय, कार्यक्रम फोकल र्पसन गंगा खनाल, सामाजिक सहजर्कता सम्झना पछाई लगायतले सामाग्री हस्तान्तरण गर्दै जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । नगरपालिकाका प्रत्येक वडामा पुगेर न्यानोकपडा स्वरुप ब्याङ्केट वितरण र्गन लागिएकोमा आज रामपुर नगरपालिकाले ८,९र १०मा वितरण गर्ने छ । प्रत्येक वडामा वडाका वडाध्यक्षहरुको अध्यक्षता र सचिवको सन्चालन रहेको थियो । वडान १मा अध्यक्ष मित्रलाल कंडेलको अध्यक्षतामा २ न वडामा वडाका कार्यवहाक वडाध्यक्ष बालकुमारि थापाको अध्यक्षता भएको हो भने ३ न वडामा वडाध्यक्ष दिनेश कुमार खनालको अध्यक्षता भएको हो । नगरपालिका भित्रका विपन्न समुदायका जेष्ठ सदस्यलाई अन्कीत गरीएको कार्यक्रममा २सय जनालाई न्यानो कपडा वितरण गर्ने योजना रहेको छ ।


प्रकाशित : २०७७ फागुन १७ गते ११:५२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology