सरकार र प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच वार्ता हुने,वार्ता टोली गठन

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ फागुन १८ गते २१:३५

फागुन १८,काठमाडौं
सरकार र नेत्रविक्रम चन्द”विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ता हुने भएको छ ।
आज पार्टी महासचिव विप्लवले एक प्रेस विज्ञप्ती जारी गर्दै दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको घोषणा गरेको छ । वार्ता टोलीमा पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा “प्रकाण्ड” र केन्द्रीय सदस्य उदय चलाउने”दिपक” रहनुभएको छ। विज्ञप्तीमा सरकारसँग देशको राजनैतिक,आर्थिक राष्ट्रिय स्वाधिनताका विषयमा वार्ता गर्न सहमत भएको उल्लेख छ ।
यता सरकारले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारी वार्ता टोलीमा गृहमन्त्री राम बहादुर थापा”बादल” र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहनुभएको छ । संसदीय व्यवस्थाले देशलाई निकास नदिने भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्तिको अवधारणामा संघर्षरत छ भने सरकारले आतंककारी गतिविधिमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको छ ।


प्रकाशित : २०७७ फागुन १८ गते २१:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology