हेक्लाङ्गगमा ८ दिने उद्यमशीलता विकास तालिम सम्पन्न

शंकर न्यौपाने
प्रकाशित : २०७७ फागुन १८ गते २१:५४

फागुन १८,सालबास
नेपाल सरकार उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयद्वारा सञ्चालित ८ दिने उद्यमशीलता विकास तालिम आज हेक्लाङको सालबासमा सम्पन्न भएको छ ।
आज आयोजित तालिम समापन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै पुर्वखोला-६,हेक्लाङका वडा अध्यक्ष मन बहादुर सारुले तालिममा सिकेका कुराहरु व्यवहार उतार्नुपर्नेमा जोड दिनुभयो । सहभागीका तर्फबाट मेनुका सुर्यवंशीले तालिम प्रभावकारी भएको बताउनुहुँदै सिकेको ज्ञान,सीप व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत गत फागुन १० गतेदेखि शुरु भएको उक्त तालिममा २५ जना महिला प्रशिक्षार्थी सहभागी थिए । तालिमको सहजीकरण निर्मला भट्टराईले गर्नुभएको थियोे ।


प्रकाशित : २०७७ फागुन १८ गते २१:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology